Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
आफ्नो लिंग छुटाएर फेरि जोड्नसक्ने कस्तो जिव

वैज्ञानिकहरुले शंखेकिरा प्रजातिको एउटा यस्तो अनौठो जिव पत्ता लगाएका छन् जसको यौन व्यवहार निकै नै विचित्र खालको छ । क्रोमोडोरिस रेटिकुलाटा नामको यो जिवले आफ्नो लिंग सरीरबाट आफै चुँडाउन सक्छ, र चुँडिएको लिंग फेरी सरीरमा जोडेर पहिलेको जस्तै प्रयोग गर्न सक्छ । जापानी वैज्ञानिकहरुले प्रशान्त महासागरमा यो विचित्र प्रजातिको शंखेकिरो भेट्टाएका हुन् । उनीहरुका अनुसार यो पृथ्वीमा फेला परेको एउटा मात्र यस्तो जिव हो जसले आफ्नो लिंग छुटाउँदै र जोड्दै गरेर पनि पटक–पटक यौन सम्पर्क गर्न सक्छ । वैज्ञानिकहरुले यस्तो अनौठो लिंगलाई डिस्पोजेबल लिंगको नाम दिएका छन् । यो लिंग सम्भोगका बेला शंखेकिराले सरीरमा जोड्छ र सम्भोगपछि फेरि फ्याँकिदिन्छ र चाहिएको बेला फेरी जोड्छ ।

0 comments

तपाईंको प्रतिकृया