शाहरुखसँग भ्यालेन्टाईन डे मनाउँदै कैटरिना !
एजेन्सी, फाल्गुन २ । बलिउडमा किंग खानले परिचित नायक शाहरुख खान र चर्चित नायिका कैटरिना कैफ भ्यालेन्टाईन डेका दिन सँगै हुने भएका छन् । बलिउडको फिल्म ‘जब तक हे जान’मा एकअर्काबीच प्रेम सम्बन्धमा परेको यो जोडी भ्यालेन्टाइन डेका दिन पनि सँगै हुने भएको हो । तर, अहिले भने शाहरुख र कैटरिना एक कार्यक्रमका कारण उक्त दिन एकसाथ हुन लागेका हुन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार ‘भ्यालेन्टाईन डे’का दिन शाहरुख र कैटरिनाले ओमानमा हुने एक विशेष कार्यक्रममा उपस्थिति जनाउँदै छन् । ओमानको राजधानी मस्कटमा हुने उक्त विशेष कार्यक्रममा प्रस्तुति दिन शाहरुख र कैटरिना मस्कटतर्फ लागेको जनाइएको छ । बलिउडका चर्चित यो जोडीको प्रस्तुति समारोहमा करिब २५ हजार प्रशंसकको उपस्थिति हुन सक्ने अनुमान गरिएको छ ।
0 comments
तपाईंको प्रतिकृया