Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
दुर्घटनामा तीन जनाको मृत्यु, दुई घाइते

९ फागुन, काठमाडौं । बर्दियाको बेलवामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । अन्य एकजना घाईते भएका छन् । ना ३ ख १८ ३७ नम्बरको ट्रकको ठक्करबाट अनटेष्ट ८२ ३० नम्बरको मोटरसाईकल चालक बेलवाका १८ बर्षीय महेन्द्र थारु र पछाडी सवार ४ बर्षीय राम किसन चौधरीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका राम कुमार थारुको बाँकेको कोहलपुर मेडीकल कलेजमा उपचार भैरहेको छ । यसैगरी रौतहटको भेडियाहीमा ना ३ त १८९ नम्बरको ट्रयाक्टरबाट खसेर फरहदवा ८ का १९ बर्षीय शेष दिल सादकोे मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै काठमाण्डौको गंगबुमा गएराती ९ बजे बा १ ज ३९ ९८ नम्बरको ट्याक्सीको ठक्करबाट ठमेल बस्ने १६ बर्षीय मंगल तामाङ घाइते हुनु भएको छ । घाईते तामाङको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भैरहेको छ ।

0 comments

तपाईंको प्रतिकृया