Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
रेग्मीलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट

६ फागुन, काठमाडौं । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रमुख बनाउन शीतलनिवासमा छलफल चलिरहेका बेला आइतबार बेलुका रेग्मीलाई रोक्न सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता भरत जंगमले हालेको रिटमा रेग्मीलाई प्रधानमन्त्री बनाउने निर्णय नगर्न अन्तरिम आदेशको माग गर्दै पूर्वप्रधानन्यायाधीश वा स्वतन्त्र व्यक्तिको अध्यक्षतामा चुनावी सरकार बनाउन परमादेशको मागसमेत गरिएको छ । जंगमद्वारा दर्ता गराइएको तीन पृष्ठ लामो रिट निवदेनमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, प्रधानमन्त्री बाबुराम भट्टराई र पुष्पकमल दाहाललाई विपक्षी बनाइएको छ । निवेदनमा राष्ट्रपति र प्रधानमन्त्रीमा हेपाहा प्रवृति बढ्दै गएको भन्दै न्यायालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखिनुपर्ने माग गरिएको छ । निवेदनमा भनिएको छ- ‘प्रस्तुत निवेदनको टुंगो लाग्न केही समय लाग्ने भएको र तत्कालै प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने जस्ता नचाहिँदा बहस राजनीतिक वृत्तबाट नरोकिँदा न्यायपालिकामाथि राजनीतिक अतिक्रमण बढ्दै जाने भएकाले…. बहालवाला प्रधानन्यायधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्नेखालका कुनै पनि निर्णय नगर्न नगराउनका लागि विपक्षीका नाममा अन्तरिम आदेश जारी गरी पाउँ ।

0 comments

तपाईंको प्रतिकृया