Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
केपी ओली खिलराजको नेतृत्व मान्न तयार एमालेको केन्द्रीय बैठक अझै अनिर्णीत

४ फागुन, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता केपी शर्मा ओली अन्ततः प्रधानन्यायाधीश खिलराज रेग्मीकै नेतृत्वमा चुनावी सरकार बनाउन सहमत हुनुभएको छ । रेग्मीको विपक्षमा लविङ गर्दै आएका ओली शुक्रबार बल्खुमा आयोजित बैठकमा भने प्रधानन्यायाधीशकै नेतृत्वमा सरकार बनाएर जाने पक्षमा उभिनुभएको हो । यससँगै अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र नेता ओली सरकारको नेतृत्वबारे एक ठाउँमा आउनुभएको छ । यद्यपि महासचिव ईश्वर पोखरेल र बहुमत केन्द्रीय सदस्यले भने दलहरुकै नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने अडान राखेपछि केन्द्रंीय कमिटीको बैठक शुक्रबार कुनै निश्कर्षमा पुग्न सकेन । पार्टी मुख्यालय बल्खुमा बसेको केन्द्रीय समितिको बैठकमा नेता ओलीले तत्काल दलहरुको नेतृत्वमा सरकार बन्ने अवस्था नरहेको भन्दै बाबुराम भट्टराई नेतृत्वको सरकार हटाउनका लागि रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउने विकल्पलाई उपयोग गर्न छाड्न नहुने धारणा राख्नुभएको थियो । ‘नेता ओली पनि रेग्मीकै नेतृत्वमा सरकार बनाएर जाने पक्षमा उभिनुभएको छ’ एक केन्द्रीय नेताले भने-’तर, हामी बहुमत सदस्यहरुले अस्वीकार गरेपछि बैठकमा यसबारे निर्णय हुन सकेन ।’ यसअघि नेता ओलीले प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा सरकार गठन गर्न नहुने अडान लिँदै आउनुभएको थियो । यसबारे औपचारिक निर्णय गर्न शनिबार पुनः केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ ।

0 comments

तपाईंको प्रतिकृया