अंगालोले महिला खुसी
लन्डन (एजेन्सी)– धेरै मानिसहरुले महिलालाई पैसामात्रले खुसी पार्नसक्ने टिप्पणी दिँदै आएका छन् । सोसल नेटवर्किङ साइटहरुमा पनि यस्ता भाव उजागर गर्ने विभिन्न समग्री, फोटोहरु पोष्ट गर्ने चलन बढ्दो छ । तर, यी सबै कुराहरु सही नभएको तथ्य फेला पर्न आएको छ । महिलालाई खुसी पार्न अरु कुरा नै भएको खुल्न आएको छ ।
निकै आत्मियतासाथ गरिएको तारिफ र अंगालोले महिलाहरुलाई खुसी पार्ने बताइएको छ । महिलालाई के कुराले खुसी पार्छ भन्ने ५० भिन्न कुराहरुमा गरिएको सर्वेक्षणमा तारिफ र अंगालो शीर्ष स्थानमा परेको जानकारी एक नयाँ अध्ययनले दिएको छ ।
यसका अलावा गिफ्टको रुपमा फूलहरु दिनु र उनीहरुलाई मनपर्ने केहि कुराहरु दिनाले पनि उनीहरु खुसी हुने बताइएको छ ।
चिज खानु, नङ राम्रो बनाउने सामग्रीहरु किन्नु र सफा दाँत राख्नाले पनि उनीहरुको मुडलाई राम्रो बनाउन मद्दत गर्छ । यसका साथसाथै साथीहरुसँग रमाइला कुराकानी गर्न र आफूलाई सानो लाग्ने लुगा फिटिङ हुनाले पनि उनीहरुको अनुहारमा हाँसो प्रदान गर्छ ।
0 comments
तपाईंको प्रतिकृया