पूर्व युवराज पारसको अवस्था झनै जटील, आन्तरिक रक्तश्रावको समेत समस्या
फागनु १२ काठमाण्डौ, हृदयघातपछि चार दिनदेखि उपचाररत पूर्व युवराज पारस शाहको आन्तरिक रक्तश्राव भएपछि अवस्था थप जटिल बनेको छ। उपचाररत समितिभेज अस्पतालका अनुसार उनको पेटबाट रक्तश्राव भएको हो। उनको इन्डोस्कोपी गरी आवश्यक उपचार प्रक्रिया जारी रहेको अस्तालले जनाएको छ। अस्पतालका अनुसार उनको अवस्था अत्यन्त नाजुक छ। करिब दुई वर्षदेर्खि बैंककमा रहेका पारसलाई चार दिन अगाडि हृदयघात भएको थियो। अचेत अवस्थामा अस्पताल पुर्याइएका उनको स्वास्थ्य अवस्था सुधार हुन नसकेपछि सीसीयुमा राखेर उपचार भइरहेको छ। पारसको स्वास्थ्य अवस्थाबारे जानकारी लिन हिजो उनकी पत्नी हिमानी नेपालबाट थाईल्याण्ड गएकी थिईन् ।

0 comments
तपाईंको प्रतिकृया