Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कार्यदलको बैठक बस्दै , सहमतिको प्रयास जारी


१७ फागुन, काठमाण्डौं । राजनीतिक निकासका लागि दलहरबीच रहेका विवादका विषयलाई प्याकेजमै टुंगो लगाउने विषयमा छलफल गर्न आज पनि कार्यदलको बैठक बस्दैछ । सेना समायोजन विशेष समितिको कार्यालय नयाँ बानेश्वरमा बस्ने बैठकमा चुनावी प्रक्रियाका लागि संवैधानिक तथा कानुनी अड्चन हटाउने विषयमा छलफल हुने कार्यदल सदस्य खिमलाल देवकोटाले जानकारी दिनुभयो । यस्तै बैठकमा दलहरुले मिलाउन बाँकी रहेको लडाकुको दर्जा निर्धारण, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग गठन, नागरिकता तथा मतदाताको परिचयपत्र वितरणको मापदण्डलगायतमा सहमतिको प्रयास गरिने छ । पार्टी गत अडानका कारण सहमति जुटाउन बस्दै आएको कार्यदलको बैठक निष्कर्ष विहीन बन्दै आएको छ ।

0 comments

तपाईंको प्रतिकृया