Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
वैद्य नेतृत्वको नेकपा–माओवादीको विरोध कार्यक्रम

६ फागुन, काठमाण्डौं । प्रधानन्यायाधीशको नेतृत्वमा चुनाबी सरकार गठन गर्न लागिएको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आज देशका मुख्य मुख्य शहरमा प्रदर्शन गर्दै छ । आज अपरान्ह चार बजे काठमाडौंको शान्ति बाटिका र देशभरका मुख्य शहरमा विरोध प्रदर्शन गर्ने नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । माओवादीको आन्दोलनलाई मातृका यादव र मणि थापा नेतृत्वको समूह तथा कमल चौधरी नेतृत्वको नेकपा एकीकृतले साथ दिएका छन् । विदेशीको इशारामा प्रधानन्यायाधीशलाई चुनाबी सरकारको नेतृत्व दिन लागिएको उनीहरुको आरोप छ । प्रधानन्यायाधीशलाई चुनाबी सरकारको नेतृत्व दिदा राष्ट्रहित र संवैधानिक मूल्य मान्यता विपरित हुने उनीहरुले जिकीर गरेका छन् ।

0 comments

तपाईंको प्रतिकृया