ट्याक्टरको ठक्करबाट एक घाईते
सन्तोष गौतम
म्याग्दी ९ फागुन । म्याग्दी सदरमुकाम बेनीमा मादक पदार्थ सेवन गरेका चालकले चलाएको ट्याक्टरले ठक्कर दिँदा बुधबार दिउँसो एक जना घाईते भएका छन् ।
हुलाकचोक बाट न्युरोड जाँदै गरेको ध १ त १७७ नम्बरको ट्याक्टरले सडक छेउमा हिँडीरहेका बिम ९ म्याग्दीका ३८ वर्षिय कमल केसीलाई ठक्कर दिएर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरिक्षक कृष्ण बेलबासेले घाईतेलाई जिल्ला अस्पताल बेनीमा समान्य उपचारपछि मणिपाल शिक्षण अस्पताल पोखरामा रिफर गरिएको जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मीका अनुसार खुट्टा र अनुहारमा चोट लागेर घाईते भएका केसीको अवस्था खतरामुक्त रहेको छ । चालकले मादक पदार्थ सेवन गरेर ट्याक्टर चलाएकाले दुर्घटना भएको उहाँले बताउनुभयो । चालक मकवानपुरका सुरेश लामा र ट्याक्टरलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ

0 comments
तपाईंको प्रतिकृया