७ फागुन, काठमाण्डौं । मुख्य राजनीतिक दलहरुले चुनाबी सरकारको स्वरुप लगायतका सबै विषयलाई अन्तिम रुप दिने प्रयास आज पनि जारी राखेका छन् ।
आगामी निर्बाचनका लागि आवश्यक विषय समेटिएको प्याकेज सहितको प्रस्ताव तयार पार्न आठ सदस्यीय कार्यदलको बैठक राष्ट्रपति कार्यलय शितल निवासमा बसिरहेको छ ।
कार्यदलले तयार पारेको प्रस्ताव शीर्ष नेताहरुको वैठकमा पेश गर्ने र शीर्ष बैठकले त्यसलाई आजै अन्तिम रुप दिने नेताहरुले दावी गरेका छन् ।
आउँदो जेठ महिनामा संविधानसभाको चुनाब गर्न तयार भएका दलहरुले प्रधानन्यायाधीश नेतृत्वमा चुनाबी परिषद बनाउने, संविधान संशोधन गर्नेलगायत विषय समेटेर सहमतिको प्रस्ताव तयार पार्न कार्यदललाई जिम्मा दिएका थिए ।
कार्यदलले प्रस्ताब तयार पारेपछि आज दिउसो २ बजे बस्ने भनिएको शिर्ष दलको बैठक भने अझै शुरु भएको छैन । मुख्य दलका शिर्ष नेताहरु शितल निवास पुगेपनि कार्यदलको बैठक नसकिएकाले शिर्ष बैठक बस्न ढिलाई भएको शितल निवास श्रोतले बताएको छ ।
हिजो दिनभर छलफलमा जुटेको कार्यदलले मिलेका र नमिलेका विषय समेटेर मुख्य दलका शीर्ष नेताहरुको बैठकमा पेश गर्ने तयारी गरेको छ । एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुले आजपनि राष्ट्रपतिको कार्यालय शितल निवासमा छलफल गर्दै छन् ।
पेस गर्ने र त्यस लगत्तै शितल निवासमानै शीर्ष दलको बैठक बस्ने छ । शीर्ष दलको बैठकका लागी नेताहरु शितलनिवास पुगेका छन् । प्रधानमन्त्री बाबुराम भट्टराई पनि शीतल निवास पुग्नभएको छ । शीर्ष दलको बैठकपछि राष्ट्रपति कार्यालयमानै सर्बदलिय बैठक बस्ने बताइएको छ ।
आगामी जेठ २२ गतेभित्र चुनाब गर्ने, चुनाबी सरकार बढिमा ११ सदस्यीय हुने, सरकारलाई सल्लाह दिन उच्चस्तरीय संयन्त्र बनाउने र त्यसको नेतृत्व शीर्ष नेताहरुले आलोपालो गर्ने प्रस्ताव तयार पारिएको छ । यस्तै २ सय ४० वटा निर्बाचन क्षेत्र र त्यति नै संख्यामा समानुपातिक सदस्य रहने लगायतको विषय प्रस्तावमा समेटिएको स्रोतले जनाएको छ ।
यद्यपी तोकिएको मितिमा निर्बाचन हुन नसके के गर्नेलगायत विषयमा भने सहमति नभएकोले नमिलेका बिषय टुंगो लगाउन शीर्ष नेतालाई जिम्मा दिने कार्यदलका सदस्य तथा काँग्रेस नेता मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।
कार्यदलको प्रस्तावलाई शीर्ष नेताहरुको बैठकले अन्तिम रुप दिएपछि राष्ट्रपति रामवरण यादवले आजै सर्बदलीय बैठक बोलाउने तयारी गर्नु भएको छ । प्रधानन्यायधीशको नेतृत्वमा चुनाबी सरकार गठनको तयारीप्रति केही साना दल तथा काँग्रेस र एमाले लगायत दलका केही नेताहरुले विरोध गर्दै आएका छन् ।
0 comments
तपाईंको प्रतिकृया