Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
खिलराजको गाउमा कतै खुसी, कतै चिन्ता

सन्तोष बस्याल
 
फागुन ११ पाल्पा ।  प्रधानन्याधिष नया प्रधानमन्त्रीका रुपमा चर्चामा आई रहदा पाल्पालीहरु खुसी भएका छन । साथमा नया प्रधानमन्त्रीका लागी प्रधानन्याधिष खिलराज रेग्मीलाई मुख्य दलले स्विकार गर्दा उनका आफन्तले भने उनलाई प्रधानन्याधिशकै रुपमा देख्न चाहेका छन । प्रधानमन्त्री बन्दा उनको प्रतिष्ठामा कमी आउन सक्ने भन्दै साँईला काका टंकनाथ रेग्मीले प्रधानमन्त्री नबनेकै राम्रो भनेका छन । प्रधानन्याधिष बनेर उनले कमाएको नाम गुम्ने हो की भन्ने चिन्ता छ उनमा । प्रधान्यायाधिष रेग्मीले कतिपय जटिल र बिवादास्पद मुद्धाहरुको पनी सहज किनारा लगाएको दृष्टान्तहरु सम्झदै काकाले भने दलहरुले उसलाई चेपुवामा पर्न खोजेका छन यो राम्रो होईन । अहिले दलहरुले उनलाइ अघी सारे पनी पछी सहयोग नगर्ने बताए । दलहरुको सहयोग बिना कुनै पनी प्रधानमन्त्रीले कुशल कार्य गर्न नसक्ने भन्दै उनले दलहरुकै असहयोगका कारण उनी पनी अन्य पधानमन्त्री सरह अयोग्य ठहरिनेमा उनले शंका ब्यक्त गरे । सुपर खबरसंग कुरा गदै उनले भने – प्रधानन्याधिषको रुपमा उसले जुन नाम र प्रतिष्ठा कमाएको छ मलाई थाहा छ दलहरुले एक दिन साथ नदिदा उसको कामले प्रभाव जमाउन सक्ने छैन अनी उसको पनी हालत अरु प्रधानमन्त्रीकै जस्तो हुनेछ त्यसैले उ अहिलेकै रुपमा ठिक छ । रेग्मीले प्रधानन्याधिषको हैसियत नै उच्च रहेको भन्दै गरिमा जोगाउनु पर्ने बताए । प्रधानमन्त्रीले गल्ती गर्दा सजाय गर्ने अधिकार प्रधानन्यायाधिषमा भएको बताउदै भोली प्रशासनमा गएयर उनले काम गर्न नसके उनको गरिमा गिर्ने बताए । नेपालका राजनितिक पार्टी सबै असफल भए अब फेरी उ (प्रधानन्याधिष) त्यहाँ गएर काम गर्न सक्ला की नसक्ला त्यो मेरो चिन्ताको बिषय हो – उनले भने । राजनितिक दलहरुले साथ दिए प्रधानन्याधिषको रुपमा रेग्मीले जसरी सफलता प्राप्त गरे त्यसरीनै प्रधानमन्त्रीको रुपमा पनी गर्न सक्ने उनले बिश्वाश गरे । काका का अनुशार रेग्मी सानो छदाँ पनी एकदमै असल थिए । साथी भाई, घरपरिवार संग उनको राम्रो सम्बन्ध थियो । पढाईमा, समाजिक कृयाकलापमा उनी सकृय हुने गर्दथे । चाकडी नगर्ने र थोरै बोल्ने उनको खासियत थियो । संयोगनै मान्नु पर्छ यती बेला प्रहरी प्रमुख कुबेर सिं राना पाल्पाली नै हुन जसले प्रहरीको रथ कुदाई रहेका छन भने प्रधाननयायाधिश खिलराज रेग्मी पनी प्रधानन्यायाधिष हुदै नया प्रधानमन्त्रीको चर्चामा छन । यस अघी पुर्ब प्रधानन्यायाधिष राम प्रसाद श्रेष्ठ पनी पाल्पाली नै थिए । पाल्पा सदरमुकाम तानसेन नजिकैको पोखराथोक गाविस वडा नम्बर६ धोवादीका ढुन्डीराज रेग्मीका तीन भाइ छोरामध्य खिलराज जेठा हुन् । २००६ सालमा जन्मेका खिलराजले पोखराथोककै नेपाल राष्ट्रिय जनता प्राविबाट शैक्षिक यात्रा सुरु गरेका थिए । भारतको वनारसबाट प्रवेशिका उत्तीर्ण गरेका उनले भारतकै उत्तरप्रदेशबाट १९६६ मा प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए । उत्तरविहारबाट स्वेदश फर्केपछि केही समय स्थानीय विष्णु आवासीय विद्यालयका प्रधानाध्यापक बनेका रेग्मी त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरी २०२८ सालमा शाखाअधिकृत हुंदै न्यायसेवामा प्रवेश गरेका हुन् । त्रिभुवन विश्वविद्यालयबाटैमानविकी संकायमा स्नातकोत्तर रेग्मी विस २०३० सालमा पहिलो पटक न्यायाधीश बनेका थिए । पहिलो पटक बागलुङ जिल्लाअदालतको न्यायाधीश बनेका रेग्मी २०४८ सालमा पुनरावेदन अदालतको न्यायाधीश बनेका थिए । पुनरावेदनको मुख्यन्यायाधीश हुदै २०५९ माघ १५ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका रेग्मी २०६८ बैशाख २३ गतेप्रधानन्यायाधीशमा नियुक्त भए । उनै खिलराज मुलुकको सर्वोच्च कार्यकारी बन्न लाग्दा पाल्पा पोखराथोकवासीमा उत्साह र चिन्ता दुवै बढेको छ । उनका काका टंकनाथ रेग्मी खिलराजको प्रतिष्ठा चुनावी परिषदको अध्यक्ष बन्नु भन्दा प्र धानन्यायाधीशमै रहे अझ बढ्ने बताउछन् । न्यायाधीश र प्रधानन्यायाधीशका रुपमा उनले विभिन्न चर्चित मुद्धाको फैसला गरेका थिए । राजाको शाशनकालमा उनले केही राजनीतिक बन्दीहरुलाई रिहा गर्न मात्रै होइन, संविधानसभाको म्याद पटक पटक नबढाउन गरेको फैसलाका कारण पनि उनी चर्चाको शिखरमा थिए । तर, अहिले उनलाई संविधानसभाको निर्वाचन गराउन चुनावी परिषदको अध्यक्ष बनाउन लागिएको छ । निष्पक्ष चुनाव गराउन सके उनको प्रतिष्ठा अझ बढ्ने छ । तर, चुनाव हुन नसके उनको प्रतिष्ठामाआँच आउने छ ।

0 comments

तपाईंको प्रतिकृया