Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
न्यु जर्सीको ग्यास स्टेसनमा नेपालीको हत्या

अमेरिका, फाल्गुन ४ - न्यु जर्सीको ग्यास स्टेसनमा काम गर्ने एक नेपालीको हत्या भएको छ । बर्लिङटन काउन्टी ग्यास स्टेसनमा बालकृष्ण कार्कीको हत्या भएको र उनको शव फेला परेको 'एबिसी न्युज' ले जनाएको छ ।

रुट १३० र चार्ल्सटन रोड, विलिङबरोस्थित लुकोइल ग्यास स्टेसनमा ४६ वर्षीय कार्की आइतबार सबेरै मारिएको बताइएको छ । उनी दुई सन्तानका पिता भएको समाचारमा उल्लेख छ ।

चौबीस घन्टा खुल्ने उक्त ग्यास स्टेसनमा उनी रातीको काममा थिए र उनको शव पछाडीको कोठामा आइतबार बिहान २ बजेर ४५ मिनेटमा फेला परेको थियो ।

0 comments

तपाईंको प्रतिकृया