Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
दु:ख मनाउन औंला काट्ने यो कस्तो चलन !

(एजेन्सी)–कुनै संस्कृतिमा शरीरको अंग काट्नु भनेको दुख व्यक्त गर्नु हो । हो, यो कुरा लागु हुन्छ इन्डोनेसिया पपुवाका डानी जाती । यस जातीका मानिसहरुले आफन्त मरेको बेलामा दुःख व्यक्त गरेको देखाउन औंला काट्ने चलन रहेको छ । औंला काट्नुका साथै अनुहारभरि खरानी र माटो दलेर दुख प्रकट गर्दछन् । यस्तो परम्पराको भागीदार विषेशतः महिला नै हुने बताइएको छ । यदि मृत्यु भएको व्यक्ति शक्तिमान् ठानिएको छ भने उनीहरुको आत्मालाई पनि बलवान् नै मानिन्छ । यस्तो बलवान् आत्मालाई खुसी र टाढा राख्नको लागि अचम्म लाग्ने तरिका अपनाइन्छ । कुनै महिलाको आफन्त मरेको छ भने उनले औंलाको माथिल्लो भाग काट्नुपर्ने हुन्छ । औंला काट्नुभन्दा अगाडि त्यसलाई ३० मिनेटसम्म धागोले बाँधिन्छ र काटिसकेपछि औंलाको माथिल्लो भागलाई सुक्न दिइन्छ र बलिरहेको आगोमा डढाइन्छ त्यसपछि त्यसको खरानीलाई विशेष ठाउँमा पुरिन्छ । अहिले यस्तो रितिरिवाज प्रचलनमा नभएपनि यो जातीका धेरैजसो बुढीहरुको औंला काटिएको देखिन्छ ।

0 comments

तपाईंको प्रतिकृया