Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
देशभरका युवा बुटवलमा भिड्दै

नरेश के.सी बुटवल १२ फागुन। देशभरका हजारौ युवा अहिले बुटवलमा केन्द्रित भएका छन् । युवासंघको आठौ राष्ट्रिय महाधिवेसनको अवसरमा देशका ७५ जिल्लाबाटै एकैसाथ यति धेरै युवा बुटवलमा जम्मा भएका हुन । युवासंघको नया नेतृत्वकालागी हालका अध्यक्ष महेश बस्नेत, उपाध्यक्ष झपट रावल, उपाध्यक्ष हिरा के सी र महासचिव निरज आचार्यले दाबी गरिरहेका छन् । मातृ पार्टि एमालेको आठौ राष्ट्रिय महाधिवेसनमा गुटबन्दिको सबै फोहर तिनाऊमा बगायौं भन्ने एमाले नेताहरु अहिले खुलेर युवासंघमा गुटबन्दी निम्ताएका छन् । यसप्रति सबैले चासो ब्यक्त गरेका छन् । पार्टिबाट युवा संघको सर्वसम्मत नेतृत्व तयार पार्नकोलागी खटिएका युवा फाट इन्चार्ज योगेश भट्टाराईले प्रतिनिधी पर्यबेक्षक युवाहरुलाई सम्बोधन गर्दै भनेका छन् , युवाहरुकै कारण पार्टि भित्रको आन्तारिक गुटबन्दीमा न्युनता आएको छ । युवाहरुको झापा सम्मेलनले पार्टिलाई गुटबन्दी त्याग्न आग्रह गरेको हो सोही अनुसार गुटबन्दीमा न्यूनता छाएकोछ । तर अहिले बुटवलमा युवा पंक्तिमा गुटबन्दी देखिनु गलत हुने हुदा त्यसो नगर्न आग्रह गर्दछु । युवासंघको सम्मेलमा अध्यक्षका प्रत्यासीहरु बस्नेतलाई नेता केपी ओली, रावललाई नेता माधव नेपाल, आचार्यलाई पार्टि अध्यक्ष झलनाथ खनालको आर्शिवाद रहेको स्रोतको दाबी छ । त्यसैले उनीहरुले खुलेरै आफु फलानोको मान्छे भनेर क्याम्पींग गरेको पाइएको छ । अहिले सम्म अर्का प्रत्यासी के सी चाहिं कुनैपनि नेताको नाम लिएर हिडेंको पाईएको छैन । यसरी सम्पुण संगठनको भन्दा नेता विशेषको आर्शिवाद प्रँप्त गरी नेतृत्वमा पुग्न खोज्दा प्रतिनिधी पर्यवेक्षकरु निराश देखिएका छन् । यता युवा संघको सम्मेलनमा धन, धाक, धम्की तथा ध्वासको पनि बढ्ता प्रयोग भएको पाईएको छ । उद्घाटन सत्रमा एमालेका शिर्षस्थ नेताहरुले युवासंघ पार्टिकोलागी बलियो आधार भएको बताइरहदा बन्द सत्र सम्म आउदा संघ भित्र सैद्धान्तिक भन्दा दादागिरीले बढ्ता प्रसयः पाएको विश्लेषकहरुको दाबी छ । यद्यपी युवा संघलाई रहरलाग्दो, भरलाग्दो र डरलाग्दो बनाउने अध्यक्ष महेश बस्नेतले बताएका छन् । पार्टि नेतृत्वले युवासंघको नेतृत्व सर्वसम्मत बनाउने प्रयास गरिरहेता पनि चारै जनाले आफु अनुकुलको प्यानल बनाएर भिडन्त गर्ने स्रोतको ठम्माईछ । महेश बस्नेतको प्यानलमा उपाध्यक्षमा निरु पाल, चन्द्र बुढा, राजु गुरुंग, हरेन्द्र राय यादव,महासचिवमा राजिव पहारि,सचिवमा रमेश पौडेल, परशुराम बस्नेत,माधव वास्तोला, चन्द्र लामा, भगवति विष्ट, देवेन्द्रराज पाण्डे रहेका छन् । त्यसैगरी निरज आचार्यको प्यानलमा उपाध्यक्षमा पार्वती के सी, लेखराज गौतम, ज्ञानेन्द्रमोहन श्रेष्ठ, राजु गुरुंग, रञ्जना सरकार, महासचिवमा बाबुराम थापा, सचिवमा लेखराज भट्ट, नरेश शाही, प्रकाश ढु·ना, बालकृष्ण सुवेदी, क्रान्ति बुर्लाकोटी, छिरी· लामा सर्मिला पौडेल, चन्द्र बुढा, विनोदचन्द्र देवकोटा, गणेश सिल्पाली र कोषाध्यक्षमा दिपेशमान जोसी सहितको अलग अलग समुह बनाई आन्तारिक रुपमा समुहगत तयारी भइरहेको बुझिएको छ। तर अरु दुई जना प्रत्यासी रावल र के सीले चाहि अहिले सम्म कुनै प्यानल नबाएको बुझिएको छ । यस सम्बन्धमा अध्यक्ष पदका प्रत्यासी के सी संग प्रतिक्रिया लिदा उनले भने ” मैले संगठन केन्द्रिय नीति र प्रतिनिधी पर्यवेक्षकको सुझाव सल्लाह अनुसार कुनैपनि प्यानल बनाएको छैन । मेरो अध्यक्षको उम्मेदवारी रहन्छ । यद्यपी सर्वसहमतिकोलागी प्रयास भइरहेकोले अहिले सम्म निर्वाचनको कुनै प्रक्रिया थालिएको छैन । तर पनि महाधिवेसन भइरहेको जिल्ला रुपन्देहीबाट उपाध्यक्षमा राजुगुरुंग, सदस्यहरुमा धुव्र अधिकारी, सुजु मल्ल, धुव्र आचार्य, नहकुल शाहि,धर्मराज गिरी , देवराज पोखरेलले पनि उम्मेदवारी दिने बुझिएको छ ।

0 comments

तपाईंको प्रतिकृया