सहमति जुटाउने अन्तिम प्रयास स्वरुप दलहरु छलफलमा बस्दै
१३ फागुन, काठमाण्डौं । ठुला दलका शीर्षनेताहरुले प्रधानन्यायाधीश खीलराज रेग्मीलाई चुनाबी मन्त्रिपरिषदको नेतृत्व दिएर जेठमा निर्बाचन गर्ने विषयमा आज टुंगो लगाउने भएका छन् । यसका लािग ठुला चारदलका शीर्षनेताहरुविच छलफल हुँदै छ ।
आज सहमति नभए आउँदो जेठमा निर्बाचन गर्न नभ्याईने भएकोले सहमति जुटाउने अन्तिम प्रयासमा दलका शिर्ष नेताहरुको बैठक बस्न लागेको हो । केहीवेरमा सेनासमायोजन विशेष समितिको सचिवालय नयाँ बानेश्वरमा एकिकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका नेताहरुको बैठक बस्नलागेको हो । बैठकमा कार्यदलले तयार पारेको सहमतिको प्रस्तावित मस्यौदामा छलफल हुने छ ।
दलीय कार्यदलले जेठमा चुनाब हुन नसके मंसिरमा निर्बाचन गर्ने प्रस्ताव समेटिएको मस्यौदा प्रतिवेदन तयार पारेको छ । प्रस्तावित मस्यौदामा छलफल गरी आज अन्तिम टुंगो लगाउन प्रयास गरीने कार्यदल सदस्य जितेन्द्र देवले जानकारी दिनुभयो । प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा चुनाब गठन गर्ने प्रयास असफल भए नयाँ विकल्पमा जाने दलहरुको तयारी छ ।
0 comments
तपाईंको प्रतिकृया