सरकारले रोजगार नीति ल्याउने

फागुन ८ काठमाण्डौ । बेरोजगार युवाहरुलाई लक्षित गरेर सरकारले रोजगार नीति ल्याउने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले वर्षेनी युवाहरु बैदेशिक रोजगारिको लागि बिदेशिने क्रम बढेकोले त्यसलाई रोक्न यस्तो नीति ल्याउन लागिएको जनाएको छ । यस्तो नीतिले बेरोजगार युवाहरुले रोजगार प्रतयाभुत गर्न सक्ने दाबी पनि मन्त्रालयले गरेको । अहिले कार्यान्वयनमा रहेको श्रम तथा रोजगार नीति २०६३ लाई समयानुकुल परिवर्तन गरेर रोजगार सिर्जना गर्ने गरि नीति बनाइने छ । त्यसका लागि मन्त्रालयका सचिब सुरेशमान श्रेष्ठको संयोजकतवमा कृषि, भौतिक योजना तथा निमार्ण, अर्थ, सामान्यप्रशान, शिक्षा र गरिबि निवारण, मन्त्रालयका सहसचिब सदस्य हुने गरि निर्देशक समिति गठन गरिएको छ । सो समितिले दुई महिना भित्र मस्यौदा तयार गरि निर्देशक समितिमा पेश गर्नेछ । विभिन्न क्षेत्रमा काम खोज्ने र बेरोजगार युवालाई रोजगार दिने गरि नीति बनाइने मन्त्रालयले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया