म्यान्यू एफए कपको क्वाटरफाइनलमा
फागुन ८ एजेन्सी । म्यानचेष्टर युनाईटेड एफ ए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा रिडिङलाई २–१ गोल अन्तरले हराउदै म्यानचेष्टर युनाईटेड अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएको हो ।
उसका लागि नानि र जाभियर हर्नान्डेजले खेलको दोस्रो हाफमा तीन मिनेटको अन्तरालमा दुई गोल गरे । म्यानयुको घरेलु मैदान वल्र्ड ट्राफडमा भएको खेलको अधिकांश समय युनाईटेडले रिडिङलाई दवावमा राखेको थियो ।
खेलको अन्तिम समयमा रिडिङका लागि जोवि म्याकनुफले सान्त्वना गोल फर्काएका थिए । सेमिफाईनल प्रवेशका लागि युनाईटेडले अब चेल्सी र मिडल्सब्रोबीचको विजयीसँग खेल्ने छ । 
0 comments
तपाईंको प्रतिकृया