दलहरुले आज पनि सहमतीको प्रयास जारी राख्ने

फागुन १० काठमाडौं, प्रधानन्यायाधिसको नेतृत्वमा चुनावी मन्त्रीपरिषद गठनको विषयलाई केन्द्रमा राखेका मुख्यदलले आज पनि थप छलफल गर्ने भएका छन् ।
गएराती प्रस्ताव सहित प्रधानन्यायाधिस खिलाराज रेग्मीलाई भेटेका दलहरुले प्रधानन्याधिसले राख्नुभएका जिज्ञासाको जवाफ दिने प्रयास गर्ने छन् । हिजो भएको भेटमा प्रधानन्यायाधिस रेग्मीले राजनीतिक रुपमा दलहरु एक हुन नसकेको र कानुनी रुपमा सर्बोच्च पनि स्पष्ट नभएकोले निर्णय दिन नसक्ने बताउनुभएको थियो ।
दलहरुले प्रधानन्यायाधिस रेग्मीसंग सहमतीको प्रस्तावको भाषालाई संबैधानिक र कानुनी रुपदिन संविधान र कानुनविद संलग्न समिति बनाउने जवाफ दिएका थिए । आज दलहरुले अनौपचारिक छलफल मार्फत समिति गठनको विषय अघि बढाउने बताएका छन् ।
0 comments
तपाईंको प्रतिकृया