Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सन्धि खारेजीको माग गर्दै ज्ञापन पत्र

पाल्पा, १५ फागुन, नेकपा—माओवादी पाल्पाले विभिन्न सरकारले विभिन्न समयमा राष्टघाती सन्धि सम्झौता गरेको भन्दै खारेजीको माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत मंगलबार नेपाल सरकार मन्त्रिपरिषको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । नेकपा—माओवादी पाल्पाका सहइन्चार्ज धिरज राना, सेक्रेटरी गीरवहादुर थापा सहितको टोलीले पाल्पाका प्रमुख जिल्ला अधिकारी हरीप्रसाद मैनाली मार्फत सरकारलाई विरोध स्वरुप ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा नेपालको जलस्रोत माथि भएका असमान सन्धि सम्झौताहरु तत्काल खारेज गरी नेपालको हित र स्वार्थमा उपयोग गर्न माग गरीएको छ । माग पुरा नभए जस्तोसुकै संघर्ष पनि गर्न तयार रहेको समेत ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्रमा सहइन्चार्ज धिरज राना र सेक्रेटरी गीरवहादुर थापाले हस्ताक्ष गरेका छन । उनीहरुले नेपाल— भारत कोशी सम्झौता , सिचांई तथा विद्युतका लागि गण्डक सम्झौता,. टनकपुर सम्झौता, महाकाली नदीको एकीकृत विकास सम्बन्धि सम्झौता, पञ्चेश्वर, टनकपुर र शारदा ब्यारेज सप्तकोशी उच्च बाँधः ग्लोबल टेण्डर गरी भारत निर्यात गर्ने गरी म्एच् तयार गर्न लाईसेन्स दिइएको , माथिल्लो कर्णाली नेपालको नीजि कम्पनी मार्पmत विद्युत भारत निर्यात गर्ने गरी सर्भे लाइसेन्स दिइएका, लगाएतका आयोजनाहरु राष्ट्रघाती भन्दै ९ बुँदे ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी हरीप्रसाद मैनालीले आफुले तुरुन्तै फ्याक्स गरि पठाउने र आफुले सक्दो पहल गर्ने बताए । बिभिन्न समयमा भिन्न भिन्न सरकारले आफ्नो सत्ता स्वार्थका लागि भारतीय शासकहरुसँग राष्ट्रिय आत्मसमर्पणका साथ राष्ट्रघात र जनघातको श्रृंखलालाई निरन्तरता दिएका कारण त्यसको विरोध स्वरुप ज्ञापन पत्र बुझाएको नेकपा—माओवादीपाल्पाका सहइन्चार्ज धिरज रानाले बताए ।

0 comments

तपाईंको प्रतिकृया