Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पाल्पा महोत्सब २०६९ को सम्पुर्ण तयारी पुरा

पाल्पा १७ फागुन । फागुन १७ देखी २६ गते सम्म तानसेनको टुडिखेलमा संचालन हुने पाल्पा महोत्सब २०६९ को सम्पुर्ण तयारी पुरा भएकोे छ । पाल्पामा कृषी, पर्यटन, उद्योग र ब्यापारः अबसर र संभावना छ अपार भन्ने नाराका साथ पाल्पा महोत्सब २०६९ गर्न लागिएको हो । उद्योग बाणिज्य संघ पाल्पाको आयोजना, नेपाल उद्योग बाणिज्य महासंघ, जिल्ला बिकास समिती पाल्पा, तानसेन नगरपालिकाको मुख्य आयोना र जिल्ला कृषी बिकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयको सह आयोजनामा महोत्सब हुन लागेको हो । महोत्सबको उद्धघाटन आज १ बजे उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भास्करराज कर्णिकारले गर्ने कार्यक्रम रहेको छ । मेलामा स्थानिय कृषी तथा घरेलु उतपादनलाई प्रथमिकताका साथ राखिने छ । साथै कुटिर उद्योगका उत्पादन, ढाका, करुवा, अटोमोबाईल, सुचना प्रबिधी संघ सम्बन्धित स्टल, बैंक तथा बित्तिय संस्था लगाएत राष्ट्रिय तथा बहु राष्ट्रिय कम्पनीका उत्पादनहरु प्रदशनीमा राखिने छ । महोत्सबमा एक गाउ एक उत्पादन कार्यक्रम अन्र्गतको अदुवालाई बिशेष प्राथमिकताका साथ राखिने भएको छ । साथै सुचना प्रबिधी संग संबन्धित स्टल, बाल उद्यान, स्थानिय परिकारका स्टलहरु र बिबिध सास्कृतीक कार्यक्रमहरु पनी रहने छ । मेलामा बिशेष गरी अदुवाको २० बढी स्टल राखी जानकारी गराईने उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला आयोजक समितीका संयोजक मधुदयाल सैंजुले बताए । मेलाले जिल्लाको कृषी, पर्यटन र स्थानिय संस्कृतीको बिकासमा बढी टेवा पुगने लक्षय राखिएको छ । आयोजकले मेला अबधी भर दुई लाख बढीले मेला अबलोकन गर्ने र पाँच करोडको कारोबार हुने लक्ष्य लिएको छ । मेला बाट संकलीत रकमले पाल्पामा हवाई मैदान सम्भाब्यता अध्ययन, टुडिखेल मैदानको स्तोन्नती र संघद्धारा निर्माण गरिने बहुउद्येश्यि भवनमा खर्च गरिने छ । मेलाका लागी १०१ जनाको मुल आयोजक समितीको निर्माण गरिएको छ भने ३३ वटा बिभिन्न उपसमिती निर्माण गरिएको छ । त्यस्तै २० सदस्यिय मेला सल्लाहकार समिती बनाईएको छ ।

0 comments

तपाईंको प्रतिकृया