मौसममा आजदेखि सुधार आउने
७ फागुन, काठमाण्डौं । गत शुक्रबारदेखि बदलिएको नेपालको मौसममा आजदेखि क्रमिक सुधार आउने भएको छ । पश्चिमी बायुको प्रभाव कम हुदै गएकोले मौसममा सुधार आउने बरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
यद्यपी आज पनि बादल लाग्ने र घामलाग्ने क्रम भने चलिरहने उहाँले बताउनुभयो । भोलीदेखि मात्र मौसममा पूर्णरुपमा सुधार आउने श्रेष्ठले जानकारी दिनुभयो ।

0 comments
तपाईंको प्रतिकृया