Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
रेग्मीबारे धारणा बनाउन बारको आकस्मिक बैठक जारी

फागुन १५ काठमाडौं, चार दलको प्रस्तावमा प्रधानन्यायाधीश खिलराज रेग्मी चुनावी सरकारको नेतृत्व लिन सकारात्मक भएपछि आफ्नो धारणा सार्वजनिक गर्न नेपाल बार एशोसिएसनको पदाधिकारी र पूर्व अध्यक्षहरुको बैठक बसिरहेको छ । बार एशोसिएनसको कार्यालय रामशाहपथमा जारी बैठकले आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ । सर्वोच्च अदालतले प्रधानन्यायाधीशले सरकारको नेतृत्व लिने भनि औपचारिक विज्ञप्ती निकालेपनि बार क्रुद्ध बनेको छ । महासचिव सुनिलकुमार पोखरेलले सर्वोच्चको विज्ञप्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै प्रधानन्यायाधीशविरुद्ध सवोच्चमा परेको मुद्दालाई नै प्रभावित पार्ने गरी विज्ञप्ति आएको बताए । बैठकले आन्दोलनमा जाने वा कस्तो रणनीति बनाउने भन्नेमा टुङ्गो लगाउनेछ ।

0 comments

तपाईंको प्रतिकृया