Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
जेठभित्रै निर्वाचन सम्भव: प्रचण्ड

फागुन १६ पोखरा, (एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आगामी जेठभित्रै संविधानसभाको निर्वाचन सम्भव रहेको बताउनुभएकोे छ । उहाँले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचन गर्न सबै ठूला दल र सरकारसमेत सहमत भैसकेकाले कानुनी जटिलता हटाएर जेठमै निर्वाचन गर्न सकिने बताउनुभयो । क्रान्तिकारी पत्रकार संघले आज पोखरामा गरेको अन्तरक्रियामा उहाँले जेठभित्रै निर्वाचन गराएर राष्ट्रलाई राजनैतिक निकास दिन प्रधानन्यायाधीशको नेतृत्व सबैले स्वीकारेको बताउनुभयो । कानुनी बाधा अड्चन फुकाउने बिषय भोलि सम्ममा टुंङगीने बताउनुभयो । बाधा अड्चन फुकाएर पनि प्रधानन्यायाधीशले सरकारको नेतृत्व लिएपछि शपथ ग्रहणका लागि अदालतको फैसला चाहिने भएकाले समाधानका लागि आजैबाट दलहरुको छलफल केन्द्रित रहेको बताउनुभयो । सर्बोच्चको फैसला नआउँदासम्म यही सरकार चल्ने तर चार दलको सहमतिमा मात्र निर्णय गर्ने उहाँको भनाई छ ।

0 comments

तपाईंको प्रतिकृया