आज सर्बदलिय बैठक
फागुन ८ काठमाण्डौ । राष्ट्रपति रामवरण यादवले आज विघटीत संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई छलफलका लागि बोलाएका छन ।
मुख्य तीन दल र मधेषी मोर्चा वहालवाला प्रधानन्यायाधीषको नेतृत्वमा चुनावी परिषद गठन गर्न सहमत भएपछि राष्ट्रपतिले विघटीत संविधानसभामा प्रतिनिधित्व गरेका सबै दलसँग छलफल गर्न लागेका हुन । मुख्य दलविच सहमती भएपछि मात्र सर्वदलीय बैठकमा छलफल हुने शीतल निवास स्रोतले जनाएको छ ।
राष्ट्रपतिले वाधा अड्काउ फुकाउ मार्फत संविधान संसोधन गरेपछि प्रधानन्यायाधीश रेग्मीलाई चुनावी परिषदको अध्यक्षको रुपमा भोली सपथ गराउने दलहरुको तयारी छ ।

0 comments
तपाईंको प्रतिकृया