Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कार्यदलद्धारा सहमतिको मस्यौदा तयार

फागनु १२ काठमाण्डौ, प्रधानन्याधीशको नेतृत्वमा चुनावी सरकार गठनका लागि देखिएको राजनीतिक र कानुनी अड्चन फुकाउने जिम्मा पाएको कार्यदलले समग्र विषय टुंगाएर प्रतिवेदन तयार पारेको छ। सेना समायोजन विशेष समितिको कार्यलय नयाँ वानेश्वरमा झण्डै ४ घण्टा बसेको कार्यदल बैठकले प्रधानन्याधीशले व्यक्त गरेको भनिएको भाषागत असन्तुष्टीलाई समेत संवोधन गर्ने गरी समग्र विषय टुंगाएको जनाईएको छ । बैठकपछि कार्यदल सदस्य जितेन्द्र देवले प्रधानन्याधीशले ब्यक्त गरेको भनिएको भाषागत असन्तुष्टीलाई समेत संवोधन गर्ने गरी नागरिकता लगायत समग्र विषयमा सहमति गरी प्रतिवेदन तयार पारेको जानकारी दिए । उनले कार्यदलले तयार पारेको प्रतिवेदन आजै शीर्ष नेताहरुलाई बुझाईने र भोली सामुहिक छलफल गरेर प्याकेज सहमतिलाई अन्तीमरुप दिईने बताए । यसअघि विहान बसेको प्रमुख ४ शक्तिका शीर्ष नेताहरुको बैठकले विवादका बाँकी विषयमा सहमती जुटाउन र संबैधानिक बाटो पहिल्याउने जिम्मा कार्यदललाई दिएको थियो ।

0 comments

तपाईंको प्रतिकृया