Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
विज्ञले ल्याए एड्सको उपचारको सम्भावना

एजेन्सी –अष्ट्रेलियन अनुसन्धानकर्ताहरुले भर्खरै एचआइभी भएको मानिसको शरीरमा प्रोटिनलाई कसरी परिवर्तन गर्ने भन्ने बारेको उपाय फेला परेको बताएका छन् । यहि उपायलाई आधार मानेर एड्स लागेको व्यक्तिलाई उपचार गर्ने सकिने अनुसन्धानकर्ताहरु बताउँछन् । क्विन्सल्याण्ड इन्सटिच्युट अफ मेडिकल रिसर्चका अनुसन्धानकर्ता डेभिड ह्यारिचका अनुसार, प्रोटिनलाई परिवर्तन गर्न सकिन्छ त्यसकारण यसले खतरनाक इन्फेक्सनबाट शरिरलाई जोगाउँछ । ‘म यसलाई आगोसँग आगो नै लिएर खेलिएको खेल भन्न रुचाउँछु । हामीले एउटा साधारण भाइरस प्रोटिनलाई लिएका छौँ । यसमा भाइरसको आकार र क्षमता दुबैमा बृद्धि हुनु जरुरी छ, त्यसपछि यसलाई प्रोटिनमा परिवर्तन गरिन्छ । उक्त प्रोटिनले भाइरसलाई सघाउनुभन्दा भाइरसले क्षती पुर्याएको ठाउँमा मलम लगाउने काम गर्दछ र यो काम यसले सशक्त रुपमा गर्नेछ, ’ह्यारिचले जानकारी दिए । परिवर्तन गरिएको प्रोटिनले एचआइभी निको त पार्दैन तर ल्याब्रोटरीमा यसले मानिसको तन्तुलाई एड्सबाट भने टाढा नै राखेको छ, उनले थपे । ‘यो थेरापीले एड्स रोगको उपचार गर्न सक्छ तर एचआइभी इन्फेक्सनको उपचार भने गर्न सक्दैन तैपनि अन्त्यमा यसले रोग भने निर्मुल पार्न सक्दछ, ’ उनले भने । अस्ट्रेलियामा ३०,००० भन्दा बढि मानिसहरु एचआइभीबाट संक्रमित छन् । नयाँ उपचार पद्धतिले एचआइभी भएका मानिसको जीवनमा सकारात्मक असर पुर्याउने उनको दाबी छ । ‘ मेरो बिचारमा मानिसहरुले हाँसी, खुसीको साधारण जीवन बाँच्नका लागि एउटा माध्यम खोजेका हुन्छन् । एचआइभी भइसकेका मानिसहरुले साधारण जीवन बाँच्नका लागि कि त तपाईंले भाइरको इन्फेक्सनलाई हटाउनु पर्ने हुन्छ, कि त तपाईंले रोगलाग्ने क्रमलाई नै भंग गर्नसक्नुपर्छ । हो, यहि कुराहरु नै यो उपचार पद्धतीले गर्छ, धेरै समयसम्मका लागि,’ ह्यारिचले भने ।

0 comments

तपाईंको प्रतिकृया