Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
माविकी एक्ली प्रधानाध्यापक

खुवाफोक (धनकुटा), फाल्गुन ४ - बिहानदेखि साँझसम्म विद्यालय परिसरमा उनको दैनिकी बित्छ । ३५ वर्षदेखि उनको दैनिकी यस नै बित्दै आएको हो । दुर्गम स्थान खुवाफोक-५ स्थित जनकन्या माविका तुलसा सुब्बा सामुदायिक विद्यालयतर्फ माविकी जिल्लाकै एक मात्र प्रधानाध्यापक हुन् । पछिल्लो दुई दशकदेखि उनको ध्यान अझ विद्यालयप्रति तानिँदै गएको छ ।

जिल्लाभरका झन्डै साढे चार सय महिला शिक्षकमध्ये माध्यमिक विद्यालयकी उनी एक्ली प्रधानाध्यापक हुन् । जिल्लाभर सबै तहका ३ सय १४ विद्यालयमा १ हजार ५ सय ४० शिक्षकमध्ये ४ सय ४६ महिला छन् । निमावि तहको दरबन्दी रहे पनि उनी विगत १८ वर्षदेखि मावि तहकै प्रधानाध्यापक हुन् । 'विद्यालय र छात्रछात्राप्रति जिम्मेवारी बोधसहित समय बिताउँदा मलाई धेरै रमाइलो लाग्छ,' सुब्बाले भनिन्, 'मेरो कर्तव्य पूरा गर्न पाउनु भाग्यमानी ठान्छु ।' शिक्षण सेवाको अन्तिम क्षणसम्म यस नै बिताउने उनको ध्येय छ ।

३ छोमध्ये जेठी संगीता अमेरिकामा एमबीबीएस पढै छिन् । माइली नवनीता अस्ट्रेलियामा बीएससी नर्सिङ र कान्छी राजधानीमा स्नातक गर्दै छन् । सबै छोरी उच्च शिक्षाका लागि घर बाहिएपछि अधिकांश समय विद्यालयको गतिविधिमा बिताउने गरेको उनले बताइन् । पति नरबहादुर सामाजिक क्षेत्र र घरव्यवहारका अगुवा हुन् । यसबाट पनि विद्यालयमा अधिकांश समय बिताउन फुर्सद पाएको सुब्बाले बताइन् । उनले ३२ वर्षदेखि हालसम्म एउटै विद्यालयमा बिताएकी छन् ।

शिक्षा शास्त्रमा स्नातक गरेकी उनी भौगोलिक रूपमा दुर्गम रहे पनि अग्रणी व्यक्तित्वको रूपमा गनिन्छिन् । पारिवारिक र व्यावहारिक कारणले लामो समय स्नातक अध्ययन गर्न कठिन भएको थियो । छोराछो विद्यालय तह पुगेपछि बल्ल २०४७ सालमा धनकुटा बहुमुखी क्याम्पसबाट स्नातक गरेको सुनाइन् ।

स्वभाव र व्यवहारले उनी विद्यार्थी र शिक्षकको पि्रय गुरुआमा हुन् । 'विद्यालयप्रति निकै चासो र चिन्ता लिनुहुने भएकोले पनि हामीले असल अभिभावकको रूपमा उहाँलाई लिने गरेका छौं,' जनकन्या माविका शिक्षक राजेन्द्र याखाले भने, 'दुर्गम ग्रामीण बस्तीका लागि उहाँ उदाहरणीय हुनुहुन्छ ।'

जिल्लाभरको तथ्यांकमा छात्राको संख्या बढी छ । ५१ दशमलव ४३ प्रतिशत छात्रा र ४८ दशमलव ५७ छात्र संख्या छ । वर्षेनि छात्राको संख्या अधिक हुने गरे पनि विद्यालयको नेतृत्व तहमा महिलाको संख्या प्रायः शून्य छ ।

0 comments

तपाईंको प्रतिकृया