Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पाल्पामा पहिलो पटक नारी कविता गोष्ठी भावनामा छताछुल्ल पोखिए नारी साहित्यकार

कविराज नेपाल पाल्पा
-  हुनत पाल्पा साहित्य सिर्जना र साहित्यिक प्रतिभाका दृष्ट्रिले उर्वर जिल्ला हो । यहा साहित्य सिर्जना र यस प्रति लागिपरेका कवि कवयित्री अनि सिर्जनाकारहरु प्रसस्तै छन । साहित्यिक संस्थाहरु जस्तै वाङ्मय प्रज्ञा प्रतिष्ठान, तरंग साहित्य संगम, पोखराथोक साहित्य समाज, पाल्पा साहित्य समाज, देवकोटा साहित्य प्रतिष्ठान लगायत पनि जिल्ला सदरमुकाम तानसेन र गाउगाउमा पनि छरिएर रहेका छन । तर नारी साहित्यकार वा सिर्जनाकारहरु खुलेर वाहिर आउनेगरी आफ्ना रचनाका साथ प्रस्तुत भएका धेरै कम घटना हुने गरेका भेटिन्छन तर शनिवार भने त्यस्तो अवस्था रहेन । केही साहित्यिक मन्च र कार्यक्रमहरुमा आफ्ुमा अन्र्तनिहित प्रतिभालाइ उजागर गर्नै मात्र होइन कहिलेकाही डायरीका पाना रंगाहरुदेखि लिएर कहिल्लै कविता वा साहित्यिक रचना नगरेकाहरुले पनि खुलेरै आफुमा रहेको प्रतिभालाइ वाहिर निकाले । पाल्पा साहित्य समाजले आयोजना गरेको जिल्लामै पहिलो नारी कवि गोष्ठीमा यसरी महिला कवयत्रीले आप्mना सिर्जना ओकले । नीलो गगन खुलेजस्तै खुल्छ संसार यहाँ, सून्दर फूल फूले जस्तै नारी पनि फूल्छ यहा ....। मनिषा घर्तिले नारीको शक्तिलाइ यसरी प्रस्तुत गरेजस्तेै रीमा सोमैले नेपाल र विदेशी नारीको तुलना गर्दै भनिन । तिम्रो देशमा मंगलग्रहमा जीवात्माको खोजी भैरहेका वेला, हामी हाम्रो देशमा छाउपडीमा लाश खोज्दैछौं ....। हुन पनि महिला साहित्यकार र उनीहरुको प्रतिभाको उचित कदर नभइरहेका वेला पाल्पाली महिला हस्ताक्षरहरुले संभवत इतिहासमै पहिलो पटक आफैद्धारा सवै कुराको व्यवस्थापन गरी संचालन गरिएको कार्यक्रममा केही त्रुटी र कमजोरी भए पनि आफैमा यो कार्यक्रम सहनीय र लोभलाग्दो देखिन्थ्यो । कवितामा देशप्रेम, वर्तमानको विसंगती र विकृती, नारी संवेदना, मानविय सम्वन्ध र परिस्थिती अनि देशको वर्तमान अवस्था वारे चर्चा गरिएको थियो । कवयित्री मन गहिरे कवितामा यसरी पोखिइन । नटेक्दै यि पाइला धर्तिमा खोज्छन नि पन्छाउन .....। आफूमा रहेको पीडालाइ गीता शर्माले कविता वनाएर यसरी सवैका सामु सुनाइन व्यर्थेै रहेछ सपना सजाउन,मन नै निराश भए सवै थाति हुँदोरहेछ । नारी पुरुष एक रथका दुइ पाङ्ग्रा भनिए पनि व्यवहारमा यसो भएको पाइदैन । कतै महिला हिँसामा परेका , थिचोमिचो भैरहेको र पुरुषद्धारा अपहेलित भएका घटना भैरहेका वेला एक जना कवयित्रीले यसो भनिन । एकै साथ जुटनुपर्छ नारी माथि उठनुपर्छ काँधमा काँध मिलाएर हिँसा विरुद्ध उठनुपर्छ ..... । कार्यक्रममा वाचन भएको अर्काै कविता यस्तो थियो । नारी हुनुको पीडामा तिमी कति रुन्छ्यौ, के हेपिनु, लुटिनु अनि शोषित हुनु मात्रै जीवन हो र ?.... नारीहरुलाइ आफु शोषित पीडित आफनै समुदायवाट भएको पनि प्रतित हुदो रहेछ । त्यसैले होला अर्की नारी कवितावाट यसरी वोलिन । हामी अरुवाट होइन आफैवाट पीडित छौं ....। पाल्पामा नारी साहित्यकारहरुले आफुमा भएको प्रतिभालाइ वाहिर नल्याइरहेका वेला यो कार्यक्रम मार्फत लुकेका प्रतिभालाइ वाहिर ल्याउने जर्मको गरिएको आयोजक संस्था पाल्पा साहित्य समाजका अध्यक्ष राजेन्द्रगोपाल सिँहले वताउनुभयो । उहाले नारी भुमिकाको सक्रियता र नया प्रयोग गर्नकालागि यो कार्यक्रम गरिएको जानकारी दिदै आगामी दिनमा नारीहरु पनि चुलो चौकोमा मात्र सिमित नरही वाहीर आउने अवसर मिल्ने वताउनुभयो । कार्यक्रममा लक्षिमा ज्ञवाली, सरिता रेग्मी, शोभा शाक्य, सिता नेपाल, जानुका सुवेदी, निशा गहिरे, यमुना सारु, रिमा सोमै, कृष्णकला भण्डारी कंडेल, लक्ष्मी बुढामगर,सौन्दर्यवति शाक्य, मनिषा घर्ति, दीपा रेग्मी, मन्जु कुवर, वन्दना बुढाथोकी, तुलसा केसी, सरु विक, ईन्दिरा ज्ञवाली , शारदा बस्याल लगायत करिव तीन दर्जन कवयत्रीहरुले आफ्ना भावनालाइ व्यक्त गरेका थिए । कार्यक्रम पाल्पा साहित्य समाजका सदस्य मन गहिरेको अध्यक्षता, भावना खनालको संचालन र कृष्णा भण्डारीको स्वागत, लक्षिमा ज्ञवालीको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो । कार्यक्रममा वाचित रचनाको शारदा खनालले समिक्षा गर्नुभएको थियो । कार्यक्रममा लक्ष्मी उपाध्याय प्रमुख अतिथी र पुर्णमाया महर्जन विशिष्ट अतिथी रहनु भएको थियो । कार्यक्रममा श्रोताका रुपमा उपस्थित साहित्य अनुरागी पुरुष तथा अन्य व्यक्तिले कार्यक्रम निकै सफल रहेको र नारीहरुलाइ आफुमा रहेको प्रतिभालाइ वाहिर ल्याउने अवसर कार्यक्रमले प्रदान गरेको टिप्पणी गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया