Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बजारमा बिक्छ यौन ?

यौनको विषयमा नेपाली समाज विस्तारै खुल्दैछ । यसको उपच सिनेमा मेकरहरुलाई यौन केन्द्रित वियषयमा सिनेमा निर्माण गर्न सहज वातावरण सृजना भएको छ । केही सिनेमा मेकरहरुले यौनलाई नङ्ग्याएको आरोप नखेपेको होइनन् । यद्यपी यस विषयमा सिनेमा निर्माणको प्रक्रिया रोकिएको छैन् । केही समय अगाडी रिलिजमा आएको ‘सुनगाभा’ होस् वा ‘लभ यू म्यान’ । यी दुवै सिनेमाले समाजमा रहेका अल्पसंख्याकहरुको यौनिक प्रेमलाई थिम अफ् स्टोरी बनाएका थिए । - See more at: http://www.merocinema.com/news/fullnews/2351/3/4#sthash.jXNC7xu9.dpuf प्रदर्शनको पर्खाइमा रहेको सिनेमा ‘साँघुरो’ ले पनि यौन मनोदशालाई पर्दामा उतार्ने प्रयास गर्दैछ । ‘निम्न मध्यम वर्गीय परिवार जहाँ सबै सदस्य एउटै कोठमा बस्न बाध्य हुनुपर्छ । त्यस्तो परिवारमा बस्ने जोडीको यौन कुण्ठालाई देखाउन खोजिएको छ ’ निर्देशक जोयश पाण्डेले भने, ‘हामीले सिनेमामा उठाएको यो विषयको रिसर्च सन् २००६ देखीको हो ।’ पात्र र परिवेशलाई नेचुरल देखाउन काठमाडौका विभिन्न साँघुरा गल्लीहरुमा सिनेमाको छायाँकन गरिएको छ । - See more at: http://www.merocinema.com/news/fullnews/2351/3/4#sthash.jXNC7xu9.dpuf ‘साह्रै साना घरहरुमा सट खिच्न गाह्रो पर्ने हुनाले हामीले केही सिनहरुमा सेट पनि तयार गरेका छौ’ निर्देशक पाण्डे सुनाउँछौ, ‘तर हामी सिन वनावटी नदेखीयोस् भन्नेमा धेरै नै सचेत थियौ ।’ व्यापारका हिसाबले यौन केन्द्रित सिनेमाले खासै बजार पिट्न सकेका छैनन् । तर निर्देशक पाण्डे भने सिनेमाले राम्रो कलेक्सन गर्नेमा ढुक्क छन् । कारणबारे उनी भन्छन्, ‘हामीले उठाएको विषय हरेक निम्न वर्गीय परिवारका जोडीले दैनिक भोग्नु परेको समस्या हो ।’ - See more at: http://www.merocinema.com/news/fullnews/2351/3/4#sthash.jXNC7xu9.dpuf ‘साँघुरो’ मा सशाकं मैनाली र दिया मास्के लिड क्यारेक्टरमा प्रस्तुत भएका छन् । उनीहरुको साथमा अरुणा कार्की, रवि गिरी लगायतको पनि सिनेमामा मुख्य भुमिका छ । विनोद पौडेलको लेखन रहेको यस सिनेमालाई समिर मैनालीले निर्माण गरेका हुन् । पब्लीसिटी खर्च सहित ४५ लाखमा प्याक भएको सिनेमा ‘साँघुरो’ ले समाएको यौन मनोविज्ञनको कथा नेपाली बजारमा बिक्ला ? - See more at: http://www.merocinema.com/news/fullnews/2351/3/4#sthash.jXNC7xu9.dpuf

0 comments

तपाईंको प्रतिकृया