Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कार्यदलको बैठक बस्दै

७ फागुन, काठमाण्डौं । आगामी निर्बाचनका लागि आवश्यक कानुनी प्रकृयालाई समेटेर प्रस्ताव तयार पार्न गठित कार्यदलको बैठक आज पनि बस्दै छ । बिहानैदेखि छलफल जारी राखेको कार्यदलले १० बजेसम्म सबै बिषय प्याकेजमै टुंगो लगाउने तयारी गरिरहेको छ । कार्यदलका सदस्य तथा काँग्रेस नेता बिमलेन्द्र निधिले हिजो धेरै कुरामा सहमति नजिक पुगेकोले आज सबै कुराको टुंगो लाग्ने जानकारी दिनुभयो । आठ सदस्यीय कार्यदललाई आगामी चुनावी परिषद गठन, संविधानको धारा संशोधन, बाधा अड्काउ फुकाउ, निर्बाचन प्रकृयालगायत विषय समेटेर सहमतिको प्रस्ताव तयार पार्न जिम्मा दिइएको छ । कार्यदलले प्रस्ताब तयार गरेपछि आजै मुख्य दलको बैठकमा पेश गरी अन्तिम रुप दिने बताइएको छ । यसअघि हिजो बस्ने भनिएको मुख्य दलका शीर्ष नेताहरुको बैठक कार्यदलले प्रस्ताव तयार गर्न ढिलाई गरेपछि स्थगित भएको थियो । मुख्य दलहरुबीच सहमति जुटेपछि सर्बदलीय बैठक बसेर त्यसलाई अनुमोदन गराउन प्रयास हुने छ । प्रधानन्यायधीशको नेतृत्वमा चुनाबी सरकार गठनको तयारीप्रति केही साना दल तथा काँग्रेस र एमाले लगायत दलका केही नेताहरुले विरोध गर्दै आएका छन् ।

0 comments

तपाईंको प्रतिकृया