कार्यदलको प्रस्तावमा छलफल गर्न शीर्ष बैठक बस्दै
१३ फागुन, काठमाण्डौं । प्रधानन्यायाधीश खीलराज रेग्मीलाई चुनाबी मन्त्रिपरिषदको नेतृत्व दिएर जेठमा निर्बाचन गर्ने विषयमा सहमति जुटाउन मुख्य दलहरुले आज अन्तिम प्रयास गर्ने भएका छन् । आज सहमति नभए आउँदो जेठमा निर्बाचन असम्भव हुने भएकोले पनि दलहरु सहमति जुटाउने अन्तिम प्रयासमा लागेका हुन् ।
सहमतिको प्रयासमा आज दिउँसो मधेसी मोर्चा सहित मुख्य तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै छ । बैठकमा कार्यदलले तयार पारेको सहमतिको प्रस्तावित मस्यौदामा छलफल हुने छ । कार्यदलले जेठमा चुनाब हुन नसके मंसिरमा निर्बाचन गर्ने प्रस्ताव समेटिएको मस्यौदा प्रतिवेदन तयार पारेको छ । कार्यदलको प्रस्तावित मस्यौदामा छलफल गरी आज अन्तिम टुंगो लगाउन प्रयास गरीने नेताहरुले बताएका छन् ।
प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा चुनाब गठन गर्न अन्तिम प्रयास गर्ने र त्यसमा सहमति नभए नयाँ विकल्पमा जाने दलहरुको तयारी छ ।
0 comments
तपाईंको प्रतिकृया