Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
विद्यार्थीले पास हुन अब ४० अंक ल्याउनुपर्ने

६ फागुन, काठमाण्डौं । पाठ्यक्रम विकास केन्द्रले विद्यालय तह -कक्षा ३ देखि १२ कक्षा)सम्मका विद्यार्थीलाई उर्त्तीण हुन ४० अंक ल्याउनुपर्ने प्रावधान ल्याउने तयारी गरेको छ । विद्यार्थीको उर्त्तीण अंक थोरै हुँदा विद्यार्थीहरुले घोकेर उर्त्तीण हुने प्रवृत्ति बढेकाले परिमार्जन गर्न लागिएको पाठ्यक्रम विकास केन्द्रका निमित्त निर्देशक डा. बालकृष्ण रञ्जितले बताए । उर्त्तीण अंक बढाएमा विद्याथर्र्लि बुझेर अध्ययन गर्ने बानी बस्नुका साथै सिर्जजनशील काम गर्न सहयोग पुग्ने उनको भनाई रहेको छ । कक्षा १ देखि ३ कक्षा सम्मका विद्यार्थीलाई भने अनिवार्य उर्त्तीण गराउनुपर्ने प्रावधान छ । ‘साना बालबालिकालाई फेल गराउँदा मनोविज्ञानमा असर पर्ने र विद्यालय छोड्ने भएकाले स्वतः पास गराउने प्रावधान राखिएको छ,’ रञ्जितले भने । कक्षा ६ को पाठ्यक्रम परिवर्तन भएकाले आगामी शैक्षिक सत्रदेखि विदार्थीको उत्तीर्ण अंक ४० बनाउने तयारी भइरहेको उनले जानकारी दिए । कक्षा ७ र ८ को पाठ्यक्रमको नमुना परिक्षणको काम भइरहेकाले परिमार्जनपछि लागू गरिने रञ्जितले बताए । आगामी बर्षदेखि कक्षा ९ र १० को पाठ्यक्रम पनि परिमार्जन गर्ने भएकाले माध्यमिक तहमा पनि उर्त्तीण अंक ४० बनाईने भएको छ ।

0 comments

तपाईंको प्रतिकृया