Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
युवा संघलाई चन्दा नउठाउने संगठनको रुपमा स्थापित गर्नु पर्छ–केसी

प्रकाश खनाल बुटवल,फागुन १० । युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा संघको अध्यक्ष पदका प्रत्यासी हीरा बहादुर केसी ले युवा संघलाई चन्दा नउठाउने संगठनको रुपमा स्थापित गर्नु पर्ने कुरामा जोड दिएका छन् । उनले संघलाई डनहरुको संगठनहरुको पन्जाबाट मुत्त गर्नुपर्ने आबस्यकता समेत औल्याए । रीपोटर्स क्लब नेपाल लुम्बिनी अञ्चल शाखाद्धारा बिहीबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष केसीले संघलाई पार्टी भित्रको गुट बाट मुत्त राखेर युवा संघलाई पार्टीका सबै नेताहरुले आफ्नो हो भन्ने बनाउनका लागि आफुले अध्यक्ष पदमा उम्मेदवार दिन लागेको जानकारी दिए । युवा संघ माथि यस अघि लाग्दै आएका आरोपहरु बारे गहन छलफल गरेर संगठन भित्र देखा परेका बिकृती र बिसङ्गतिहरुलाई पाखा लगाउदै संघको गरीमा लाई थप उचाईमा पुर्याउन कुनै गुटको नेतृत्व गरेको ब्यत्ति नभएर स्वतन्त्र र साझा नेतृत्व आउनु पर्ने कुरामा जोड दिए । पार्टी र त्यसका जनबर्गिय तथा सुभेच्छुक संगठनहरुको निर्वाचनमा समुहगत रुपमा उम्मेदवारी दिन नपाउने र त्यस्तो भएको पाईए उसको उम्मेदवारी स्वतह खारेज हुने निर्णय पार्टीले गरी सकेको बताउदै उनले गुटगत राजनितिबाट माथि उठेर आफुले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको दाबी गरे । बिभिन्न राजनितिक दल निकटका युवा संगठनहरु उद्योगि ब्यापारीहरुलाई तर्साएर र धम्क्याएर चन्दा उठाउने तथा केही अपराधीक गतीबिधीहमा समेत दुरुपयोग भएको भन्दै उपाध्यक्ष केसीले युवाहरुलाई मुलुकको समृद्घि र बिकास निर्माणमा लगाउनु पर्ने आबस्यकता औल्याए । तिन बर्ष भित्र एक लाख युवाहरुलाई स्वरोजगार मुलक तालिम दिएर स्वरोजगार बनाउन सकीने योजना अगाडी सार्दै उनले भने यदी म संघको नेतृत्वमा निर्वाचित भए संघलाई मैले सोही दिसामा अगाडी बढाउने छु । शुक्रबार देखी बुटवलमा सुरु हुने संघको आठौं राष्ट्रीय महाधिबेसन बाट सर्बसम्मत रुपमा नेतृत्व चयन गर्न पार्टीले प्रयास गरीरहेको जानकारी दिदै उनले सर्बसम्मत रुपमा नेतृत्व चयन भए स्वतन्त्र उम्मेदवारको हिसाबले पार्टीले आफुलाई चयन गर्ने बिस्वास ब्यत्त गरे ।

0 comments

तपाईंको प्रतिकृया