फेरी बिक्ला त सेक्स ?
राजु गिरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘पाण्डे द किलर’ को शुभमुहुर्त गरिएको छ । चलचित्र पत्रकार शान्तिपि्रयले नरिबल फोडेर चलचित्रको मुहुर्त गरेका हुन् । चलचित्रमा अशोक फुयाँल, प्रशान्त गिरी, सुशान्त कार्की, समिक्षा अर्याल, सपना लामिछाने लगायतका कलाकारको अभिनय रहने पक्का भएको छ । ‘एक नायिका भने चलेकै राख्ने योजनामा छा’ै, निर्देशक गिरीले भने ।चलचित्रमा तिन नव नायिकाहरुले उत्तेजक दृश्य समेत दिनेछन् । यो चलचित्रमा अर्जुन पोखरेलले संगीत भरेका छन् । सुरची फिल्मस् प्रालीको ब्यानरमा तयार हुन लागेको यो सिनेमालाई पुर्ण थापा, देबिका घिमिरे, चन्द्र राजबंशी, सागर घिसिङले निर्माण गर्न लागेका हुन् । चलचित्रमा शिव विकको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व, दुर्गा पौडेलको छायांकन रहनेछ ।
‘चलचित्रमा एक नायक राष्ट्रको सेवा गर्ने सोचमा हुन्छन् भने अर्का नायक युवतीसँग सेक्स सम्बन्ध राख्दै हिड्ने सोचाई राख्ने हुन्छन’्, निर्देशक गिरीले कथावस्तुका बारेमा प्रष्ट पार्दै भने । चलचित्रको छायांकन फागुन १५ गतेबाट गरिनेछ ।
यसभन्दा अघि ‘विन्दास’, ‘रक्षा’ जस्ता सेक्स केन्दि्रत सिनेमा बनाएका राजुको यस्तै बिषय समावेश गरिएको ‘पाण्डे द किलर’मा सेक्स बिक्ला या नबिक्ला, यसका लागि प्रदर्शन मिति नै कुर्नु पर्दछ ।
0 comments
तपाईंको प्रतिकृया