Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कालीगण्डकी नदीमा हाम्फालेर महिला बेपत्ता

पाल्पा, फागुन १० - पाल्पाको रामपुर प्याक्लुक र स्याङ्गजाको रत्नपुर जोड्ने पुलबाट कालीगण्डकी नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छिन्। स्याङ्जा रत्नपुर जाँदै गरेकी करिब ५० वर्षीया महिला रामपुर-१ प्याक्लुक पुल छेउको पसलमा पानी मागेर खाएपछि पुल तर्ने बेलामा हाम्फालेकी प्रत्यक्षदर्शीले बताए। खाली खुट्टा हिँडेकी ती महिलाको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए। दुई दिनसम्म लगातारको वर्षाले नदीमा पानीको बहाब बढेपछि खोज्न अप्ठ्यारो भएको पाण्डेले बताए। स्थानीय र प्रहरीले खोजी जारी राखेका छन्।

0 comments

तपाईंको प्रतिकृया