Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
उपत्यकाका १५ हजार घर ‘डिजिटल प्रद्धति’बाट बन्ने

६ फागुन, काठमाण्डौं । काठमाण्डौं महानगरपालिका र ललितपुर उपमहानगरपालिकाले भवन निर्माण योजनामा अब डिजिटल पद्धति लागू गर्ने भएका छन् । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युनएनडिपी) को सहयोगमा दुवै नगरमा नमुना कार्यक्रमका रुपमा भवन निर्माणमा डिजिटल पद्धति सुरु गर्न लागिएको हो । युएनडिपीको ‘स्वचालित भवन योजना स्वीकृति र अनुगमन पद्धति’ नामक कार्यक्रममार्फत दुवै नगरका गरी १५ हजार घरमा नमुना लागु गर्न लागिएको हो । डिजिटल डाटा-बेस पद्धति नेपाल राष्ट्रिय भवन स)हिता र भवन ऐनमा लागू गरिने काठमाण्डौं महानगरपालिकाले जनाएको छ । डिजिटल डाटा नहुँदा भवन निर्माण संहिता प्रभावकारी रुपमा लागू हुन नसकेको र योजनाहीन ढंगले घर बनेकाले डिजिटल पद्धति सुरुवात गर्न लागिएको ललितपुर उपमहानगरपालिका भौतिक शाखाका अधिकृत रुद्र गौतमले जानकारी दिए । डिजिटल पद्धति सुरु भएपछि नगर क्षेत्रभित्र बन्ने घरको यकिन डाटा नगरसँग हुनेछ भने संहिताअनुसार बने/नबनेको कार्यालयको कम्प्युटरबाटै हेर्न सकिने छ ।

0 comments

तपाईंको प्रतिकृया