
फागुन १० काठमाडौं,प्रधान्याधिसलाई प्रधानमन्त्री बनाउने प्रमुख ४ दलको निर्णय प्रति असन्तुष्टि जनाउदै आएका केही साना दलहरुले आन्दोलनको स्वरुप सार्वजनिक गर्दैछन् ।
साना दलहरुले एकिकृत नेकपा माओावदी, नेपाली काग्रेस, नेकपा एमाले र मधेसी मोर्चाले राष्ट्रपति भवन शितल निवासमा बसेर गरेको निर्णय सर्वमान्य नहुने भन्दै यसका विरुद्धमा आन्दोलन गर्ने बताएका हुन् ।
ठूला दलको विरुद्धमा आज विहान १० बजे सिंहदरवारमा बैठक बसि आन्दोलनको खाका तयार पार्ने दलित जनजाती पार्टीका अध्यक्ष विसेन्द्र पासवानले जानकारी दिनुभयो । उनीहरुले शितल निवास केही ठूला दलको कार्यलय बनेको आरोप लगाउदै राजनितिक निर्णयहरुमा सबै दलको समान सहभागिता हुनुपर्ने माग गरेका छन् ।
0 comments
तपाईंको प्रतिकृया