Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
युवा सङ्घमा तीन गुटको प्रतिस्पर्धा

 ७ फागुन, काठमाण्डौं । एमाले निकट युवा सङ्घको नयाँ नेतृत्वकालागि गुटबन्दी शुरु भएको छ । यही फागुन ११, १२ र १३ गते बुटवलमा हुने आठौँ महाधिवेशनकालागि अध्यक्ष झलनाथ खनाल, नेता माधव नेपाल र केपी ओली पक्षका कार्यकर्ता आपसी गुटबन्दीमा सकृय भएका हुन् । ओली पक्षका महेश बस्नेतले नेतृत्व दोहो¥याउने तयारी गरिरहेको बेला उहाँलाई चुनौती दिन नेपाल निकट उपाध्यक्ष झपट रावल र खनाल निकट महासचिव निरज आचार्यले गठबन्धन गरेका छन् । आचार्यले संगठनलाई राजनीतिक रुपमा मजबुत बनाउन आफूहरुले नेतृत्वमा दावी गरेको बताउनु भयो । उहाँले उमेर हदका कारण बस्नेत पुनः अध्यक्षमा दोहोरिन नपाउने तर्क गर्नुभयो । युथफोर्सका पूर्वप्रमुख समेत रहेका बस्नेतले भने नेतृत्व कमजोर भएमा आगामी निर्बाचनमा असर पुग्ने भन्दै आफूले नै नेतृत्वमा दावी गरेको बताउनुभयो । नयाँ नेतृत्व सर्वसम्मत चयन गर्न पार्टी नेतृत्वमा पहल भइरहे पनि सर्वसम्मत हुने सम्भावना निकै कम भएको सङ्घका अर्का उपाध्यक्ष दिलु पन्तले बताउन भयो । ‘शान्ति, संविधान, लोकतन्त्र र समृद्व नेपाल निर्माणका लागि निर्वाचन ः शिक्षा, स्वास्थ्य, रोजगारको प्रत्याभूतिका लागि युवा आन्दोलन’ भन्ने मूल नारा सहित आउदो फागुन ११ गतेदेखि रुपन्देहीको बुटवलमा युवा संघको महाधिवेशन शुरु हुदै छ ।

0 comments

तपाईंको प्रतिकृया