Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
इजिप्टमा बेलुन दुर्घटना हुँदा १९ जना पर्यटकको मृत्यु

फागुन १५(एजेन्सी) इजिप्टको लुजोर शहर नजिकै भएको बेलुन दुर्घटनामा १९ जना विदेशी पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायत, फ्रान्स, हङकङ र जापानका नागरिक रहेका छन् । बेलुन ३०० मिटर माथि उडिरहेको अवस्थामा आगो लागेर विष्फोट भई लुजोर क्षेत्रमा खसेको बिबिसीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बेलुनबाट केही मानिसहरु हाम्फालेका छन् । बेलुनका पाइलट र अरु दुई जना हाम्फालेर बाँच्न सफल भएका छन् । इजिप्ट प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना हङकङका, ४ जना जापानका, २ जना बेलायतका र २ जना फ्रान्सका नागरिक हुन् । अन्यको भने पहिचान हुन सकेको छैन ।

0 comments

तपाईंको प्रतिकृया