भारतको कलकतामा आगलागि÷१५ जनाको मृत्यु
फागुन १६ (एजेन्सी) भारतको कलकत्तामा आगलागी हुँदा १५ जनाको मृत्यु भएको छ । कलकत्ताको सियालदह इलाकास्थित सूर्यसेन बजारमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको हो ।
आगोमा जलेर मृत्यु हुनेमा पसलमा सुतिरहेकाहरु परेका छन् । विहान करिब ४ बजेदेखि लागेको आगोले बजारमा पूर्णरुपमा क्षति पुर्याएको छ । बजारमा चार सयभन्दा बढी पसल रहेका थिए ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको र उनीहरुको अवस्था गम्भीर रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।
२५ भन्दा बढी दमकल र उद्धारकर्ताले तीन घण्टाको प्रयासमा आगो निभाएका थिए । आगलागीको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।


0 comments
तपाईंको प्रतिकृया