Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पूर्वाग्रह र असझदारी अन्त्य गर्न प्रधानमन्त्रीको जोड

७ फागुन, काठमाण्डौं । प्रधानमन्त्री बाबुराम भट्टराईले सङ्क्रमणकाल छिटोभन्दा छिटो अन्त्य गरी नयाँ संविधान निर्माण गर्ने जिम्मेवारीबोधका साथ भूमिका निर्वाह गर्न सबै राजनीतिक दल र नागरिकलाई आह्वान गर्नुभएको छ । त्रिसठ्ठीऔँ प्रजातन्त्र दिवसको अवसरमा आज गृह मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री भट्टराईले सबैखाले पूर्वाग्रह र असझदारी अन्त्य गरेर जनताको आशा अनुरुप राष्ट्र निर्माणमा जुट्नुपर्नेमा जोड दिनुभयो । समावेशी चरित्रको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु र समृद्ध एवं समुन्नत नेपाल निर्माण गर्नु आजको दायित्व भएको उहाँको भनाई छ । आर्थिक क्रान्तिलाई तीव्रता दिन सबै नागरिकलाई गाँस बास र कपासको व्यवस्था गर्नेतर्फ ध्यान दिनुपर्छ भन्दै प्रधानमन्त्री भट्टराईले गरिबी र बेरोजगारी अन्त्य गर्न सके सामाजिक आर्थिक रुपान्तरणको कामलाई अघि बढाउन सकिने बताउनुभयो । कार्यक्रममा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सहमति, सहकार्य र एकताको भावनासाथ अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक दलहरुको सहकार्य र सहमतिले नै जनताले आशा गरेअनुरुप विकास तथा संविधान निर्माणलाई अघि बढाउन सकिने धारणा राख्नुभयो ।

0 comments

तपाईंको प्रतिकृया