केन्द्रमा चुनावी सरकार बनाउने गृहकार्य गाउँ–गाउँमा नया निर्वाचनमुखि बहसको थालनी
फागुन १३ काठमाण्डौ –जेठमा निर्वाचन गराउने कार्यादेश सहित प्रधानन्याधीशको नेतृत्वमा चुनावी सरकार बनाउने विषयले राजनीतिक सरगर्मीले चर्किरहेका बेला गाँऊ–गाँऊमा चुनावी बहस र छलफल सुरु हुन थालेको छ ।
जेठ १४ मा संविधान नै जारी नगरी संविधानसभा तुहाईएपछि निराश र खल्लो महशुष गरेका नागरीकमा निर्वाचनमा जाने गरी दलहरुबिच हुन लागेको भनिएको सहमतीले आशाको संञ्चार गराएको छ ।
गाउँका चोक,चौतारा तथा चिया पसलहरुमा संविधानसभा मार्फत आप्नो भाग्य र भविष्य कोर्ने ६ दशक भन्दा अघि देखिको चाहना विरुद्ध षड्यन्त्र गर्नेहरुको पहिचान खुल्नेगरी अनौपचारीक बहसको थालनी भएको छ ।
संविधानसभा विघटन हुनुमा कसको भुमिका कस्तो रह्यो, को जीम्मेवार छ अनि कसको एजेण्डा सही र कसको बेठिक भन्नेमा पक्ष विपक्षमा गरमागरम छलफल भएको सुनिन्छ ।
चोक,चौतारा र चिया पसलहरुमा हुने यस्ता बहस र छलफल सामान्य जस्तो लागेपनि विघटीत संविधानसभामा सबैभन्दा विवादीत बनेका राज्यपुर्नसंरचना, शाशकीय स्वरुप लगायतका सम्बन्धमा प्रमुख भनिएका एकिकृत माओवादी, नेपाली काग्रेस, नेकपा एमाले लगायतका दलहरुले अगाडी सारेका अधारणा केन्द्रीत कुराहरु पनि सुन्न पाईन्छ । यसले नागरिकको चेतनाको स्तर निकै माथी उठेको प्रतित हुन्छ ।
पहिचानसंगै नागरिकमा अधिकार प्रत्यायोजन र विकेन्द्रीकरणको उत्तम संयन्त्रका रुपमा अघि सारिएको संघियताका विरुद्धमा भ्रम फैलाउन भएका नराकारात्मक प्रचारबाजी तथा संघियताका नाममा आएका अतिवादी विचारप्रति पनि नागरिक सचेत भएको देखिन्छ ।
अधिकार प्रत्योजनको संयन्त्र संघियतालाई जातजाति–भाषाभाषी, क्षेत्र,सम्प्रदायलाई जुधाउने ढंगले आएका कतिपय व्यक्ति तथा समुहको नियतमाथी पनि प्रश्न उठाउन थालेका छन् उनिहरु ।
चितवनको बछौली गाविस ४ पडरियाका सन्तु चौधरी भन्छन्, गलत नेताहरुलाई जिताएर पठाईएछ संविधान नै नबाई संविधानसभा विघटन गरिदिए । अव चैँ देश र जनतालाई माया गर्ने संविधानसभा पक्षधर नेताहरुलाई जिताउनुपर्छ ।
दाङ विजौरीका श्यामलाल श्रेष्ठको पनि उस्तै धारणा छ, खोई मलुकमा संविधान आउला उद्योगधन्दाहरु खुल्लान्, देशमै काम गर्ने वातावरण बन्ला भन्ने लाग्यो थ्यो नेताहरुले गरेनन्। ७ साल देखि उठेको संविधानसभाबाट संविधान बनाउने कुरा नी छेपाराकै उखान भो ।
झापा विर्तामोडका हरि लिम्बु भन्छन्, कसको कारणले संविधान बनेन हामीले राम्रोसंग बुझ्या छौ । आउदो निर्वाचनमा नाङेझार बनाएर देखाईदिन्छौ । हुनत हामी पनि उस्तै जसले पहिले देखि संविधानसभाको विरोध गर्यौ उसले संविधान देन्छ भनेर विश्वास गर्ने ।
निराश मुद्रामा पाल्पाका नविन बस्यालले भने , सब नेताहरुले विगारे, हाम्रो मतको के कदर छ र हामिले हराएका कयौ व्यक्ति मनोनित भएर संविधनसभा सदस्य बने, २–२ ठाउमा हारेका ब्यक्ति प्रधानमन्त्री बने त्यस्ता अयोग्यले के निकास दिन्थे त मुलुकलाई । जसलाई पनि सत्ता चाहिया छ जनताको के मतलब । नया बोत्तलमा पुरानै रक्सी भरेर आउने दलहरुलाई पाखा लगाउन सकियो भने केही परिवर्तन हुन्छ की ।
काठमाण्डौ भक्तपुरका सहमान ज्यापु भन्छन्, खोई अधिकार पाउछ,पहिचान पाउछ, देशमै रोजगारी पाउछ विदेश जानु पर्दैन अब संविधान बनेपछि भन्थ्यो । संविधान नै बनाएन नेताहरु माओवादी आथ्यो त्यसलाई पनि कामै गर्न दिएन, आन्दोलन भन्छ विरोध भन्छ। कसैले पनि राम्रोसंग एक कार्यकाल पनि काम काम गर्न पाउदैन । प्रधानमन्त्री बन्ने वित्तीकै ढाल्ने खेल सुरु हुन्छ ।
यि अभिब्यक्तिले प्रष्ट संकेत गर्छ सत्ताकेन्द्रीत,भ्रष्ट, यथास्थीतिवादी राजनीतिक शक्तिहरुप्रति नागरिकको वितृष्णा छ । लामो संघर्ष र वलिदानीबाट प्राप्त उपलब्धी हरणको श्रृखला पुनरावृत गरिएकोप्रति ठुलो आक्रोस छ ।
उनिहरुले राम्रोसंग बुझेका छन् संविधनसभा, संघियता,समावेशीता, धर्मनिरपेक्षा,गणतन्त्र कसको एजेण्डा हो र संविधनसभा विघटन हुनुमा कुन–कुन दल र कुन–कुन पात्र जिम्मेवार छन् ।
जेठ १४ पछि मुलुकमा सृजित राजनीति र संवैधानीक संकट मोचनका लागि भैरहेका प्रयासलाई पनि नजिकबाट नियाली रहेका छन् उनिहरुले । को सहमतिको पक्षमा छ र को सहमति भाड्न लागि परेको छ राम्रोसंग मुल्यांकन भैरहेको छ,नेताहरुलाई चेतना भया।
यसको हिसाब–कीताब निर्वाचनमा ब्याज सहित चुक्ता गर्ने तयारीमा देखिन्छन् नागरिक। www.gretwayonline.com

0 comments
तपाईंको प्रतिकृया