Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सन्तान नपाएको झोँकमा आत्महत्या

फागुन,१० महोत्तरी । विवाह गरेको १० बर्ष वितिसक्दा समेत सन्तान नभएपछि चिन्तित बनेकी महोत्तरी सोनलकी एक महिलाले विहीवार विष खाएर गरेर आत्महत्या गरेकी छिन् । सोनल ४ का इन्द्रजित मण्डलकी २७ बर्षिया श्रीमती लिलमदेवी मण्डलले विष खाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीकै धमौरा माइती भएकी लिलमको १० बर्ष अघि इन्द्रजितसँग विवाह भएको थियो । विवाह गरेको १० बर्ष वित्दा समेत बच्चा नपाएको भन्दै परिवारका सदस्यहरुले उहाँलाई हेला गर्दै आएका छिमेकीहरुले बताएका छन् ।

0 comments

तपाईंको प्रतिकृया