राष्ट्रपतिले विगठित संविधानसभाका साना दलहरुसँग छलफल गर्दै
७ फागुन, काठमाण्डौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउने विषयमा सहमति नजिक पुगेपछि राष्ट्रपति डा. रामबरण यादबले आज विगठित संविधानसभामा रहेका साना दलहरुसँग छलफल गर्नुहुने भएको छ ।
प्रमुख दलहरुबीच सहमति भए पनि साना दलहरुले आपत्ति प्रकट गरिरहेका बेला राष्ट्रपतिले साना दलसँग छलफल गर्न लाग्नुभएको हो ।
दलहरुबीच भएको सहमतिलाई अन्तिम रुप दिएर खाका बनाउन तयार बनाइएका कार्यदल अहिले आन्तरिक छलफलमा रहेको र पूर्ण रुपमा कार्यदलका सदस्यहरुबीच नै सहमति हुन बाँकी रहेकाले छलफलको समय भने टुंगो लगाउन बाँकी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपतिले दलहरुलाई सहमतिमा आउन आग्रह गर्नुहुने उहाँ निकट स्रोतले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया