Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
चट्याङबाट दुईको मृत्यु

७ फागुन, काठमाण्डौं । बर्षासँगै परेको चट्याङमा परी रुपन्देहीको बुटवलमा दुई जनाको मृत्यु भएको छ । आइतबार साँझ परेको चट्याङ लागेर बुटवल नगरपालिका वडा नम्बर १४ बस्ने ५२ वर्षीया प्रेमकुमारी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उहाँलाई बाटोमा हिँडिरहेका बेला चट्याङ लागेको र उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै चट्याङ लागेर रुपन्देहीकै मर्यादपुर वडा नम्बर १ कुडसरका २७ वर्षीय प्रकाश हरिजनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । पानी परिरहेको अवस्थामा खेतमा गएकोबेला परेको चट्याङबाट घटनास्थलमै उहाँको मृत्यु भएको बताइएको छ ।

0 comments

तपाईंको प्रतिकृया