जवान राख्ने खाना
(एजेन्सी)– खाना मानिसका लागि अपरिहार्य तत्व हो । खानाले नै मानिसको स्वास्थ्यमा सकारात्मक वा नकारात्मक असर पुर्याउने कार्य गर्दछ । मात्रा मिलाएर खाइएको खानाले तपाई तन्दरुस्त, स्फूर्त र जवान राख्न मद्दत गर्छ । यहाँ तपाईंलाई जवानीमै राख्ने खानाहरु प्रस्तुत गरिएका छन् जसलाई तपाईंले खान नर्बिसिनुहोला ।
१. ब्लूबेरीः
यो सानो बेरीमा स्वास्थ्यमा सकारात्मक असर पुर्याउने तत्वहरु थुप्रै छन् । यसमा पाइने भिटामिन सी ले रक्तसंञ्चालनमा निकै फाइदा पुर्याउँछ र मिनरल्स र साल्ट प्रदान गर्छ जसले गर्दा शरीरलाई बुढ्यौलीसँग लड्न मद्दत गर्छ । यो पोटासियमले पनि भरिपूर्ण हुने भएका कारण शरीर सुन्निने रोगबाट पनि मुक्त गराउँछ ।
२. राजमाः
गेडागुडी त्यसमा पनि राजमामा फाइबर, पोटासियम र जिङ्क खचाखच हुन्छ जसले कोलेस्ट्रोल र मुटुसम्बन्धि रोग घटाउन मद्दत गर्छ । अझ सुकेको अथवा बोटमै भएको राजमामा प्रोटिनको मात्रा अत्यधिक हुने भएका कारण यसले शरीरलाई निकै फाइदा पुर्याउँछ ।
0 comments
तपाईंको प्रतिकृया