Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
दुई किशोरीद्वारा आत्महत्या

९ फागुन पोखरा । पोखरामा दुई किशोरीले आत्महत्या गरेका छन् । पोखरा ६ बैदामकी १४ वर्षीया सविनामाया गौतम र पोखरा ७ माछापुच्छ्रे टोलकी १८ वर्षीया मोनिला क्षेत्रीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गौतमले घरको कोठामा पंखाको सिलिङमा सलको पासो लगाएर झुण्डिएकी थिइन् । उनको सल काटेर उपचारकालागि क्षेत्रीय अस्पतालमा पुर्‍याएपछि मृत्यु भएको थियो । उनी बुधबार सबेरै झुन्डिएकी हुन् । यस्तै, मोनिला क्षेत्री भने मध्यरातमा एक्कासी वेहोश भएपछि सृजना चोकको मेट्रोसिटी अस्पतालमा उपचारकालागि पुर्‍याईएको थियो । चिकित्सकले बिष सेवन गरेको हुनसक्ने भनेपछि उनलाई पनि क्षेत्रीय अस्पतालमा लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी पवक्ता रविन्द्र पौडेलले बताउनुभयो । दुवै घटनाको अनुसन्धान भैरहेको पौडेलले बताउनुभयो ।

0 comments

तपाईंको प्रतिकृया