Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नेकपा–माओवादीको बन्दले जनजीबन प्रभावित

फागुन ८ काठमाण्डौ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आह्वान गरेको नेपाल बन्दले जनजीबन प्रभावित भएको छ । जनयुद्धकालीन मुद्दा ब्युताइएको र राष्ट्रियता संकटमा परेको भन्दै नेकपा–माओवादीले आज एक दिनकोलागि बन्द आह्वान गरेको हो । बन्दले काठमाडौं उपत्यका सहितका जिल्लाहरुमा यातायातका साधन चलेका छैनन् भने बजार, कलकारखाना र शिक्षण संस्था पनि खुलेका छैनन् । बन्दलाई मधेसी जनअधिकार फोरम नेपाल लगायतका दल आबद्ध सङ्घीय लोकतान्त्रिक मोर्चाले पनि समर्थन जनाएको छ । माओवादीले बन्दमा प्रेसमाथि आक्रमण गरेको छ । आज बिहान सबेरै काठमाडौंमा प्रेसका दुई वटा गाडी तोडफोड गरेका हुन् । बन्दकर्ताले कान्तिपुर टेलिभिजनको गाडी नयाँ बानेश्वरमा र सगरमाथा टेलिभिजनको गाडी मध्यबानेश्वरमा बिहान साढे ५ बजे तोडफोड गरेका हुन् । बन्दकर्ताले बिहान साढे ५ बजेको हाराहारीमा सोह्रखुट्टे नजिकै पर्यटक बोक्ने एउटा ट्याक्सी, वनस्थली, ढुङ्गेधारा र जोरपाटीमा पनि एक–एक वटा माइक्रोबस तोडफोड गरेका छन् । नेकपा–माओवादीले मंगलबार बिहान ६ बजेदेखि साँझ ५ बजेसम्मका लागि बन्द आह्वान गरेको घोषणा गरे पनि ती गाडीहरु ६ बजेभन्दा अगाडि नै तोडफोड भएका महानगरीय प्रहरी प्रवक्ता हेमन्त पालले जानकारी दिनुभयो । नेकपा–माओवादीले बन्दको समयमा प्रेसका गाडी, दूध बोक्ने गाडी एम्बुलेन्समाथि तोडफोड नहुने भनेर हिजो साँझ प्रेस विज्ञप्ति जारी गरे पनि बन्द आह्वानकर्ताले पार्टीको घोषणाविपरीत प्रेसलगायतका गाडीमाथि तोडफोड गरेका हुन् । यसैविच माओवादीले आव्हान गरेको नेपाल बन्द अन्तरगत दाङ जिल्लाको बन्द फिर्ता भएको छ । दाङमा चलिरहेको दाङ व्यापारिक तथा पर्यटन महोत्सव तथा औद्योगिक कृषि मेलालाई मध्यनजर गर्दै बन्द फिर्ता गरिएको नेकपा माओवादीले वताएको छ ।

0 comments

तपाईंको प्रतिकृया