(एजेन्सी)–ब्राटिस्ले स्टोजानोभिक, ४३ वर्षीय घरबारबिहिन सर्बियाका मानिस बिगत १५ वर्षदेखि मरेका मानिसहरुसँग बस्दै आएका छन् । उनले चिहानलाई नै आफ्नो घर बनाएका छन् र भन्छन् उनी आफ्नो मरेका छिमेकीभन्दा भोक र जिउँदो मानिसहरुसँग त्रसित छन् । निर्माण कार्यका भूतपूर्व कामदार, स्टोजानोभिकको कहिले पनि निरन्तर काम भएन र उनले धेरै वर्षपहिले ऋणका कारण आफ्नो घरबार गुमाएका थिए । शताब्दि अगाडि मरेका मानिसहरुको खरानीसँग उनले आफ्नो १५ वसन्त पार गरिसकेका छन् । उनले त्यो ठाउँलाई जतिसक्दो आरामदायी बनाउने कोसिस गरेका छन् र उक्त ठाउँलाई घर महसुस गर्ने उनको दाबी छ । ‘यो ठाउँ सुख्खा छ र न्यानो छ,’ ब्राटिस्ले भन्छन् । ‘यसलाई म दरबार त भन्दिनँ तर यो सडकभन्दा निकै आरामदायी छ । ’ सुरुका दिनमा चिहानमा दिन÷रात कटाउनु सजिलो नभएको स्विकार्दै अहिले मरेका मानिसभन्दा जिउँदा मानिससँग डर लाग्ने उनको जिकिर छ ।
घरबारबिहिन मानिस १५ वर्षदेखि चिहानमा

0 comments
तपाईंको प्रतिकृया